Comments Add Comment

मनै लोभ्याउने महिनाका उत्कृष्ट ट्राभल फोटो

कुनै ठाउँमा घुम्नुको अर्थ त्यहाँको अलौकिक प्राकृतिक सुन्दरतालाई क्यामेरामा सधैका लागि कैद गरेर जीवनपर्यन्त रमाउनु पनि हो । बिश्वभर घुमिरहने यस्तै पर्यटकहरुले खिचेका सुन्दर तस्वीरहरु प्रकाशन गर्छ ट्राभल अनलाइन नेशनल जियाग्राफिकले । मार्च महिनामा पेश गरिएका सयौं तस्वीरमध्येबाट छानिएका केही उत्कृष्ट तस्वीर यहाँ यी हुन् ।

१. हिताचि केन, जापान: जापानको हिताची नाकामा रहेका एम्युजमेन्ट पार्कमा फुलेका बेबी ब्लु फुलसँगै रमाउँदै पर्यटकहरु ।

Blue

२. गाई परेड, स्वीटजरल्याण्ड: स्वीटरल्याण्डमा हरेक बर्ष हुने गाई परेडमा सहभागी गाईहरु । जसमा सवैभन्दा धेरै दूध दिने गाईले ठूलो घण्टसहित नेतृत्व गर्छ ।

The annual Alpine Cow Descent in Gstaad.  Gstaad is a bilingual village in the German-speaking section of the Canton of Bern in southwestern Switzerland. It is part of the municipality of Saanen and is known as a major ski resort and a popular destination

३. भ्यालेन्सिया, स्पेन: स्पेनको तेस्रो ठूलो शहर भ्यालेन्सियामा खिचिएको तस्वीर ।

The Eye

४. किङ पेङग्वीन, दक्षिण जर्जिया : अन्टार्टिकाको समुद्री किनारमा देखिएको तन्नेरी पेङग्वीन ।

King Penguin Chick

५. हाक्का तुलो हाउस, चीन: बिश्व सम्पदा सूचीमा रहेको हाक्का तुलोभित्र सयौं मानिस एकैसाथ बस्न सक्छन् ।

China, Fujian province, Chuxi village

६.माउन्ट बोर्मो, इण्डोनेसिया: इण्डोनेसियाको पूर्वी जाभास्थित बोर्मो टापुमा देखिएको ज्वालामुखी । पर्यटकलाई घोडामा घुमाउने यी स्थानीय एकछिन आराम गर्दैछन् ।

eruption-mount-bromo-indonesia_89086_990x742

७. बगान, म्यानमार: बर्माको पौराणिक राजधानी बगानमा हट एयर बेलुनमार्फत् सूर्यौदयको आनन्द लिदै पर्यटक ।

Ballon over Bagan

८. किङ्स क्रस स्टेसन, लण्डन: किङ्स क्रस स्टेनको यो स्टिल संरचना सन् १८५२ मा बनेको हो । यो स्टेशन हुँदै हरेक दिन एक लाख ५० हजार यात्रु यात्रा गर्छन् ।

kings-cross-railway-station-london_89185_990x742

१०. ग्राण्ड क्यानयोन क्लाउड, एरिजोना, अमेरिका: अमेरिकाको एरिजोनास्थित ग्राण्ड क्यानयोन नेशनल पार्कमा नेशनल गियोग्राफिकका फोटोग्राफर बादलको तस्वीर खिच्दै ।

photographer-clouds-grand-canyon_89222_990x742

११. एक्वीटिन, फ्रान्स: दक्षिण पश्चिम फ्रान्सको एक्विटीन पहाडमा देखिएको जंगल डाँडाको सुन्दर दृष्य ।

frost-larrau-aquitaine-france_89323_990x742

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment