Comments Add Comment

राप्ती साहित्य परिषदद्वारा प्रतिभा छनौट

२ वैशाख, घोराही । राप्ती साहित्य परिषदले यही वैशाख १८ र १९ गते घोराहीमा आयोजना हुने परिषदको वार्षिक साधारणसभामा वितरण गर्ने गरी विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट गरेको छ ।

प्रतिभा छनौट समितिका सहसंयोजक गिरिराज शर्माको अध्यक्षता एवं परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको विशेष उपस्थितिमा सम्पन्न बैठकले यस वर्षको राप्ती साहित्य पुरस्कार सल्यान निवासी अमर शाहलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी दिलसरी दल साहित्य पुरस्कारबाट बिजयराज आचार्य (प्युठान), नन्दहरि साहित्य पुरस्कारबाट राधा गौतम (दाङ), डोमादेवी साहित्य पुरस्कारबाट गायत्री घर्तीमगर (रोल्पा), ऋषिलक्ष्मी साहित्य पुरस्कारबाट घनश्याम अस्तित्व (प्युठान)लाई पुरस्कृत गर्ने निर्णय भएको छ ।

देवीचन्द्र साहित्य पुरस्कारबाट विष्णु शर्मा अथक मनु (रुकुम), अपा मुकुन्द प्रज्ञा पुरस्कारबाट मोदिनी कुमार केवल (दाङ), गोपालचन्द्र प्रज्ञा पुरस्कारबाट खेमराज मल्ल (दाङ), गोमा देवकोटा कला पुरस्कारबाट ईश्वरी बस्नेत (दाङ), हरिप्रसाद मीना पाण्डेय कला साहित्य पुरस्कारबाट दीपक शर्मा समीर (सल्यान)लाई प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

खोपीलाल हुकमादेवी छन्द पुरस्कारबाट यम रेग्मी (दाङ), पण्डित कपिलमुनि नन्दकुमारी शिवाकोटी स्रष्टा सम्मान पुरस्कारबाट तिलक न्यौपाने (दाङ), पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कारबाट कौशिला परियार (दाङ)लाई चयन गरेको छ ।

वैठकले २०७१ सालको राप्ती सिर्जना पुरस्कार २०७० सालमा राप्तीका प्रतिभाहरुद्वारा प्रकाशित विभिन्न कृतिहरु मध्ये ‘वी.पी. कोइरालाका उपन्यासहरुको परिक्रमा’ नामक समलोचना कृतिका लागि डा. गोविन्द आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी वैठकले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुरस्कार संस्थापक पद्मराज पण्डित, संगित तथा कला क्षेत्रबाट मथुराप्रसाद श्रेष्ठ र आम सञ्चारको तर्फबाट स्वर्गद्वारी एफएमलाई विशेष सम्मान गर्ने निर्णय गरेको छ ।

वैठकले चक्रपाणि लक्ष्मी लोकश्वरी छन्द पुरस्कारका लागि यही वैशाख १२ गतेभित्र छन्द कविता परिषदमा पठाउन अनुरोध गर्ने, प्रतिभा परिचयका लागि सुशील गौतम, टीकाराम उदासी, शारदा शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment