Comments Add Comment

दुई क्विन्टलकी युवतीको भुँडी हल्लाउने जागिर (फोटो फिचरसहित)

moti (5)उनको उमेर जम्मा २२ वर्षको छ । तर, उनको तौल भने १ सय ९० किलोभन्दा बढि छ । काइटलिन फिनले नामकी ती युवतीको तौल अनुसारकै छ भोजन । उनल दिनका १० हजार क्यालोरी बराबरको खाना खान्छिन् । उनको यो भिमकाय जिउ र हात्ती भोजन साँच्चीकै कमाइखाने भाँडो बनेको छ ।

केटाहरुलाई वेबक्याममा आफ्नो जिउका अंगहरु देखाएर तथा विभिन्न खानेकुरा खाएको देखाएर उनले पैसा कमाउने गरेकी छिन् र छोरीको यस्तो पेशामा उनकी ५० वर्षीया आमा डोरोथीले सहयोग गरिरहेकी छिन् । उनको कमाइ हप्ताको १ सय ३० पाउण्ड जति हुन्छ । जसले उनलाई मनग्गे खान पुगेको छ ।

तौल अस्वभाविक तथा खतरापूर्ण अवस्थामा छ । तर, आफ्नो रक्तचाप खेलाडिको जस्तै ठीक रहेको उनी बताउँछिन् । यद्यपि हिँडडुल गर्दा तथा सिँढी उक्लिँदा भने स्वाँ स्वाँ बढ्ने गरेको भन्दै उनले आफ्नो स्वास्थ्य निकै खस्किएमा तौल घटाउने बारेमा सोँच्ने बताउँछिन् ।

moti (1)

उनी वेबक्याम सेलिब्रेटी हुन् । क्यालिको बमसेल नामबाट उनले वेबक्याममा ग्राहकलाई सन्तुष्टि दिन्छिन् ।

अमेरिकाको केन्टकीको ग्रामीण क्षेत्रमा बसोबास गर्ने यी युवती बाल्यअवस्थाबाटै अस्वभाविक रुपमा मोटी थिइन् जसका कारण उनले निकै दुव्र्यवहार खेप्नुपरेको थियो । तर १६ वर्षदेखि भने उनको भाग्य खुल्यो ।

उनले मोटोपना भएका महिला सुन्दरीहरु सम्बन्धि वेबसाइट बिग क्यूटिज हेरेपछि नयाँ कुरा सिकिन् । उक्त वेबसाइटमा उनले २ सय ७२ किलो तौल भएकी एक महिलाको बारेमा पढिन् । त्यसपछि उनमा आत्मविश्वास आयो । उनले साँच्चीकै ती मोटीलाई देवी नै मभायन् ।

त्यसपछि १८ वर्षको उमेरमा उनी वेबक्याम गर्ल बनिन् । पहिले आफ्नो जिउ देखेर युवकहरुले घृणा गर्ने गरेको देख्दा निरास भएकी काइटलिनले जब वेबक्याममार्फत ग्राहकलाई आफ्नो जिउ तथा अंगहरुको प्रदर्शन गराएर त्यस्तै युवकहरुलाई आनन्द दिलाउन सकिन्, तब उनी मख्ख भइन् । त्यसपछि पुरुषहरुले आफुलाई दुव्र्यवहार होइन की आफ्नो जिउप्रति लोभिने गरेको उनको अनुभव छ ।

वेबक्याममा धेरै पुरुषहरुले आफ्नो पेट हल्लाउन लगाउने गरेको उनी बताउँछिन् । कतिपयले भने उनले थुप्रो खानेकुरा हसुरेको हेर्न चाहँदा रहेछन् । कतिपयले आफ्नो जिउका धर्सा तथा दागहरु समेत हेर्नका लागि अनुरोध गर्ने गरेको र त्यस्तो अनुरोध आउँदा आफुलाई दिक्क लाग्ने उनी बताउँछिन् ।
उनले अहिले थाहा पाएकी छिन् की केटाहरु ठूलो जिउ भएकी सुन्दरी महिला मन पराउँदा रहेछन् । स्कुलमा आफुलाई तनाव दिने केटाहरु नै अहिले आफ्ना सबैभन्दा ठूलो फ्यान भएका उनको दाबी छ ।

आफ्नो तौललाई निरन्तर बढाउने लक्ष्य छ उनको । ३० वर्षकी हुँदासम्म २ सय ७२ किलो तौल पूराउने उनको लक्ष्य छ ।

moti (2)

moti (3)

moti (4)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment