Comments Add Comment

पश्चिमा देशमा महिला हिंसा बढि !

himsaपश्चिमा धनी देशहरुका महिलाहरु विश्वका विकाशशील देशका महिलाहरु भन्दा बढि सुरक्षित हुन्छन् र उनीहरुमाथि हिंसाको जोखिम कम हुन्छ भन्ने आम धारणा हुनु स्वभाविकै हो । तर एक अध्ययनले भने विकशित पश्चिमा देशका महिलाहरु हिंसाबाट जोखिममा रहने गरेको देखाएको छ ।

अमेरिकाको वेष्ट भर्जिनिया विश्वविद्यालयका शोधकर्ता प्राध्यापक राचेल इ स्टेनले गरेको अध्ययनले अमेरिका जस्ता पश्चिमा विकशित देशका महिलाहरु विकाशशील देशका महिलाहरु भन्दा शारीरिक हिंसामा पर्ने जोखिम बढि रहेको देखाएको हो ।

शोधकर्ता राचेलले अध्ययनका क्रममा इन्टरनेसनल क्राइम भिक्टिमाइजेसन सर्भे अन्तरगत विभिन्न ४५ देशको तथ्यांकको विश्लेषण गरेका थिए । त्यसक्रममा उनले शारीरिक र यौनिक हिंसाको तथ्यांक विश्लेषण गरे ।

राष्ट्रिय तहको तथ्यांकका आधारमा उनले पीडित महिला बस्ने समाजको सामाजिक संरचनाले उनीमाथिको हिंसा तथा आक्रमण बढाउन सहयोग गर्ने नगर्ने कुराको अध्ययन गरेका थिए ।

त्यसक्रममा उनले विकाशशील देशमा भन्दा विकशित देशका महिलाहरुमा शारीरिक हिंसाको जोखिम उच्च रहेको निष्कर्ष निकालेका छन् । महिलामाथि हुने शारीरिक हिंसामा महिलाको स्वतन्त्रतापूर्ण क्रियाकलापले समेत भूमिका खेल्ने देखिएको छ ।

बार, रेष्टुरेन्ट तथा साथीभाइसँग घुमफिर गर्ने फुर्सदका क्रियाकलापका साथै एकान्तबास र उमेरले महिलामाथि हुने हिंसालाई बढावा दिन्छन् । महिला आफ्नै क्रियाकलापका साथै उनको वातावरणले समेत उनीमाथि हुने हिंसामा योगदान गर्ने गरेको शोधकर्ताको भनाइ छ ।

यस सम्बन्धि शो इन्टरनेसनल क्रिमिनल जस्टिस रिभ्यु जर्नलमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment