Comments Add Comment

पोर्टोसँग बार्यन म्युनिखको अप्रत्यासित हार

Jackson Martinez

३ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा बार्यन म्युनिखले अप्रत्यासित हार ब्यहोरेको छ ।

बुधबार राति भएको बायन पोर्टोसँग ३–१ ले पराजित भएको हो । अब सेमिफाइनलमा पुग्न बार्यन म्युनिखले दोस्रो लेगमा ठूलो अन्तरको जित हात पार्नु पर्ने हुन्छ ।

घरेलु मैदानमा भएको खेलमा पोर्टोले सुरुवाति १० मिनेटमा दुई गोल गरिसकेको थियो । बार्यनको डिफेन्सको गल्तीमा पोर्टोले तीन गोल गरेको हो ।

तेस्रो मिनेटमा पाएको पेनाल्टीमा रिकार्डो क्यारिस्माले गोल गरे । गोलरक्षक नुयुरले ज्याक्सन मार्टिनेजलाई डिबक्समा लडाएपछि पोर्टोले पेनाल्टी पाएको थियो ।

१० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

२८ औं मिनेटमा बायन म्युनिखका थिएगोले गोल गर्दै खेलमा फर्काउने संकेत गरे । तर, ६५ औं मिनेटमा ज्याक्सन मार्टिनेजले गोल गर्दै पोर्टोले ३–१ को महत्वपूर्ण जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment