Comments Add Comment

आईपीएलमा दिल्लीको पहिलो जित

Mayank Agarwal

३ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली डेयरडेभिल्सले पहिलो जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा दिल्लीले किङ्ग्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरेको हो । पन्जाबले प्रस्तुत गरेको १६९ रनको लक्ष्य दिल्लीले अन्तिम बल खेल्नुअघि भेट्टाएको थियो ।

अन्तिम दुई ओभरमा ७ रन चाहिएको थियो । तर, लगातार दुई विकेट झरेपछि पन्जाबको सम्भावना कायमै रह्यो भने दिल्लीलाई जितका लागि ६ बलमा ३ रन चाहियो ।

पहिलो र दोस्रो बलमा एक एक रन लिएका अक्षर पटेले तेस्रो बलमा विकेट लिए । चौथो बलमा म्याथुले कुनै रन जोड्न सकेनन् । तर, पाँचौं बलमा चौका हान्दै जित दिलाए ।

दिल्लीको जितमा नायक भने मयंक अग्रवाल बने । उनले ६८ रनको महत्वपूर्ण पारी खेले । युवराज सिंहले तीन छक्का र पाँच चौकाको मदतमा ५५ रन बनाए । जेपी डुमिनी २१ रनमा आउट भए ।

पन्जाबका लागि अनुरीत सिंहले २ र संदीप शर्मा र अक्षर पटेलले १–१ विकेट लिए ।

यसअघि पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका लागि वीरेन्द्र सहवागले सर्वाधिक ४७ रन बनाए । रिद्धिमान साहले ३९ रन जोडे भने अन्य ब्याट्सम्यानले २० रनको आंकडा छुन सकेन ।

दिल्लीका इमरान ताहिरले ४३ रन दिएर तीन विकेट लिए भने जेपी डुमिनीले २ र अमित मिश्रा र एन्जेलो म्याथुले एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment