Comments Add Comment

कमेडी ‘अधकट्टी’मा हट रिस्ता, अशिष्मा पनि के कम ?(फोटो फिचरसहित)

rista-basnet
नयाँ बर्षको सुरुवातसँगै नेपाली चलचित्रप्रति दर्शक र चलचित्रकर्मीको पनि आशा जागेको छ । बर्षको सुरुवातबाट नै प्रदर्शनमा आउन लागेका चलचित्रहरुले बजारमा पारेको प्रभावले पनि यो अड्कल काट्न सकिन्छ ।

जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अधकट्टी’ले पनि अहिले चर्चा पाइरहेको छ । द्धारिक उदयको फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । चलचित्रलाई पूर्णतया कमेडी बिषयमा निर्माण गरेको निर्देशक आचार्यले जानकारी दिएका छन् ।

प्रदिप उदयको लगानी रहेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मीको साथमा नव-कलाकार प्रदिप बाँस्तोलाको मुख्य भूमिका छ । adhakatti-film
चलचित्रको ‘मेरो फिगर कोकाकोला’ बोलको गीतले चर्चा पाइरहेको छ । चलचित्रको निर्माणपक्षले अनलाइनखबरलाई उपलब्ध गराएको चलचित्रका तस्बिरहरुमा पनि यसमा कमेडी दृश्य प्रशस्त रहेको र दर्शकले मनोरञ्जन लिन सक्ने अड्कल काँट्न सकिन्छ ।
namrata-shrestha
चलचित्रका मुख्य ३ पुरुष पात्र विल्सन, गौरव र प्रदिपले भरपुर कमेडी दृश्यमा अभिनय गरेको निर्देशक आचार्यको दाबी छ । चलचित्रमा नायिका रिस्ता बस्नेतलाई केही हट अवतारमा देखाइको छ भने अशिष्मा नकर्मी पनि आकर्षक देखिएकी छिन् । चलचित्रमा नायक गजित बिष्ट र नायिका नम्रता श्रेष्ठको पनि विशेष भूमिका छ । ashisma

gaurab-and-rista

wilson-bikram

wislon-pradip-gaurab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment