Comments Add Comment

ग्राण्डी अस्पतालमा सस्तो मूल्यको छुट्टै वार्ड सुरु

३ वैशाख, काठमाडौं । भक्तपुर ताथलीकी ६० वर्षीया रामलीला थापा ज्वरोले थलिएपछि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल बुधबार भर्ना भइन् । दिनको १ हजार रुपैयाँ शुल्क तिर्ने गरी छैठौं तलाको बेडमा भर्ना भएकी उनलाई धेरै दिन बस्नु पर्‍यो भने पैसा तिर्न गाह्रो हुन्छ की भन्ने चिन्ता लाग्न थाल्यो ।

Ramlila-Thapa,-Bhaktapur

सोही दिन उनले अस्पतालले सस्तो मूल्यको छुट्टै वार्ड सुरु गर्दैछ भन्ने थाहा पाएपछि त्यहीँ सर्ने निर्णय गरिन् र विहीबार विहान उनलाई नयाँ खोलिएको ‘सिद्धार्थ वार्ड’मा सारियो । अब उनले दैनिक ५ सय रुपैयाँ बेडचार्ज तिर्नुपर्ने हुन्छ ।

ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले सस्तो शुल्कमा विश्वस्तरको उपचार सेवा दिने भनि विहीबारदेखि सिद्धार्थ वार्ड सन्चालनमा ल्याएको हो । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा रिबन काटेर सिद्धार्थ वार्ड उदघाटन गरे र सो वार्डको पहिलो विरामी रामलिला थापालाई खादा ओढाइदिए ।

Siddharth-Ward-Opening-in-G

‘यो अरु अस्पतालले लिने सरहकै शुल्क हो,’ नर्सिङ वार्ड प्रमुख एलडी महर्जनले भनिन्, ‘सस्तो शुल्कमा विरामीहरुले क्वालिटीको सेवा पाउँछन् ।’

तुलनात्मक रुपमा यो बेड शुल्क सरकारी स्वामित्व भएका र सामुदायिक अस्पतालहरु सरह नै रहेको उनको भनाइ थियो ।

अस्पतालको तेस्रो तलामा रहेको सिद्धार्थ वार्डमा २७ शैया छन् । ग्राण्डीमा दैनिक ५ सयदेखि २६ हजार रुपैयाँसम्मका बेड छन् । कति मूल्य तिरेर कस्तो खालको बेड लिने हो विरामीहरुले ‘आईपीडी काउन्सिलिङ काउन्टर’ मार्फत् रोज्न पाउँछन् ।

Siddharth-Ward-Grandi-Hospi‘सबैका लागि स्वास्थ्य भन्ने नेपाल सरकारको राष्ट्रव्यापी अभियानलाई समेत टेवा पुर्‍याउने उद्देश्यले पाँच सय रुपैयाँ शुल्कको बेड सहितको सिद्धार्थ वार्ड सन्चालनमा ल्याएका हौं,’ ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले अनलाइनखबरलाई भने ।

नयाँ बर्षको उवसर पारेर शुरु गरिएको सिद्धार्थ वार्डले ग्राण्डी अस्पतालको विश्वस्तरको उपचार सेवालाई बहुसंख्यक नेपालीको पहुँचमा पुर्‍याउने अपेक्षा गरिएको उनले बताए ।

‘शुल्क सस्तो हुनुको अर्थ सेवासुविधा कम हुनु होइन,’ पाण्डेले भने, ‘हामीले दिने अन्तराष्ट्रियस्तरको उपचार सेवामा कतै कम्प्रमाइज हुँदैन, तपाईं मिडियाहरुले पनि फलो गरेर हेर्न सक्नु हुन्छ ।’

कलाकार मदनकृष्ण श्रेष्ठले निम्न आर्थिक अवस्थाका विरामीहरुलाई लक्षित गरी सस्तो शुल्कको छुट्टै वार्ड सुरु भएकोमा खुसी व्यक्त गरे । श्रेष्ठले भने, ‘अझै पनि धेरै नेपाली निःशुल्क र प्रभावकारी उपचार सेवाबाट बन्चित छन्, ग्राण्डीले सुरु गरेको यो कामबाट सरकारले पनि केही सिक्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment