Comments Add Comment

नेपाली चलचित्रमा हल्ला धेरै, किन चलेका छैनन् चलचित्र ?

nepali-film-haru
अत्याधिक धेरै चलचित्र बनाएपछि धेरैजसो चलचित्र नचल्नु स्वभाविक नै हो । तर, नेपाली चलचित्र क्षेत्रमा भने चलचित्र नै नचलेको भनेर ज्यादा हल्ला हुने गरेको छ ।

बर्ष २०७१ मा करिब १० वटा चलचित्रले सुखद व्यापार गरेका छन् । नेपालमा मात्र होइन, विश्वमै प्रदर्शनमा आएका सबै चलचित्र चलेको रेडर्क छैन । छिमेकी राष्ट्र भारतको बलिउड चलचित्र नगरीलाई हेर्ने हो भने पनि यस्तै देखिन्छ । त्यहाँ पनि बर्षमा प्रदर्शनमा आउने धेरैजसो चलचित्रको व्यापार कमजोर छ । धेरै चलचित्र त हलमा आएको र गएको पनि थाहा हुँदैन ।

नेपालमा पनि गतबर्ष प्रदर्शनमा आएका करिब ८५ वटा चलचित्रमा ११ वटा चलचित्र चलेको देखिएको छ । यसैले, यहाँ चलचित्रकर्मीविच नै एकअर्कामा युद्ध चलाएर हल्ला धेरै गराउने प्रथा चलेको देखिन्छ ।

एफडी कम्पनीका अध्यक्ष प्रदिप कुमार उदय भन्छन्-‘चलचित्र चलेन भनेर कराउनु बेकार छ । बर्ष २०७० मा भन्दा बर्ष २०७१ मा नेपाली चलचित्रको व्यापार बढेको छ ।

यो बर्ष चलेका करिब १०  वटा चलचित्र मध्ये केहीको व्यापार निक्कै राम्रो छ । बाँकी चलचित्रको व्यापारलाई पनि नरम्रो भन्न सकिन्न । नेपालमा राम्रो व्यापार गरेका चलचित्रले ओभरसिजबाट पनि राम्रै रकम आम्दानी गरेका छन् ।

बजार बिगि्रएको हल्ला गर्नुभन्दा पनि राम्रा मेकरलाई प्रोत्साहन र वातावरण बनाउन आवश्यक रहेको चलचित्रकर्मी बताउँछन् । यो बर्ष पनि आशातित केही चलचित्रले व्यापार राम्रो गर्ने देखिन्छ । तर, बर्षमा प्रदर्शनमा आउने चलचित्रको संख्या घट्न जरुरी छ भन्छन् चलचित्रकर्मी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment