Comments Add Comment

शिक्षा कार्यालयमा ताला लगाउन खोज्दा प्रहरी हस्तक्षेप

३ वैशाख, नवलपरासी । निजी विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएका ६ विद्यार्थी संगठनहरुले नवलपरासीको जिल्ला शिक्षा कार्यालयको लेखा शाखामा तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीको लाठिचार्जबाट ३ विद्यार्थीहरु घाइते भएका छन् । घाइते हुनेहरुमा अनेरास्ववियु नवलपरासी अध्यक्ष मदन गिरी, अखिल क्रान्तिकारीका उपाध्यक्ष विनोद पौडेल र अमृत खड्का छन् । उनीहरुको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको छ ।

‘जिल्ला शिक्षा अधिकारीसँग छलफल भइरहेकोबेला प्रहरीले हस्तक्षेप गरेर कुटपिट गर्‍यो,’ एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी नवलपरासीका सहसंयोजक अनन्त अधिकारीले भने ।

निजी विद्यालयहरुले २५ देखि ४० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै ६ विद्यार्थी संघ संगठनहरुले चरणबद्ध आन्दोलन शुरु गरेका छन् ।

– रामकुमार श्रेष्ठबाट

यो पनि पढ्नुहोस्

बोर्डिङ स्कूलको भर्ना रोक्ने विद्यार्थी संगठनको घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment