Comments Add Comment

नायिकाको साथमा निर्माता र निर्देशक पुगे बहराइन

chankeh

नेपालमा प्रदर्शन नहुँदै चलचित्र ‘चंखे शंखे पंखे’को प्रिमियर बहराइनमा हुने भएको छ । बहराइनमा नेपाली चलचित्रको प्रदर्शन भएको पाइदैन ।

शुक्रबार यो चलचित्रको प्रिमियर बहराइनमा गर्ने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । चलचित्रको प्रिमियरका लागि वुधबार बेलुकी निर्देशक तथा नायक सुदर्शन थापा, निर्माता सन्तोष सेन र नायिका पूजा शर्मा बहराइनतर्फ लागेका छन् ।

उनीहरु अहिले बहराइन पुगेर चलचित्रको प्रचारमा सक्रिय छन् । चलचित्रमा सुवास थापा र प्रेम पुरीको पनि मुख्य भूमिका छ । वुधबार चलचित्रलाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको थियो । चलचित्रलाई सेन्सरका कर्मचारीले हेरेपछि आफूहरु झनै उत्साहित बनेको निर्माता सन्तोष सेनले बताएका छन् ।

चलचित्रमा कमेडी पाटोलाई प्राथमिकता दिइएको छ । साथमा, चलचित्रले राष्ट्रियताको कथालाई पनि उठान गरेको छ । निर्माता सेनका अनुसार चलचित्र हेर्नका लागि बहराइनका १५ सय दर्शकले टिकट काटिसकेका छन् । चलचित्रको शो संख्या ४ वटा सम्म हुने उनले बताए । यो चलचित्र नेपालमा भने जेठ १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment