Comments Add Comment

नेपाललाई सशर्त यू-१९ विश्वकप छनोट आयोजना गर्न दिने आईसीसीको निर्णय

Icc-Board-meeting

३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाललाई सशर्त आईसीसी यू-१९ विश्वकप छनोट आयोजना नेपाललाई गर्न दिने भएको छ ।

यूएईमा सम्पन्न आईसीसीको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । यू-१९ विश्वकप छनोट यही वर्ष हुनेछ । आईसीसीले नेपाल क्रिकेट संघ क्यानले प्रशासनीक सुधार गर्नु पर्ने सर्त राखेको छ ।

फिलिप हृयूजप्रति श्रद्धान्जली दिन आयोजित खेलका क्रममा चैत अन्तिममा आईसीसी बोर्ड अफ डाइरेक्टर वली एडवड्र्स र ग्लोबल डेभलोपमेन्ट प्रमुख टीम एण्डरसन नेपाल आएका थिए ।

नेपाल भ्रमणका क्रममा आईसीसीका अधिकारीहरुले मैदान र क्यानमा केही सुधार गरे नेपाललाई अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न दिने बताएको थियो ।

पाँच देशले छनोट खेल्ने

आईसीसी यू-१९ विश्वकप २०१६ मा बंगलादेशमा हुनेछ । विश्वकप खेल्ने १६ देशमध्ये चार देशको टुङ्गो लाग्न बाँकी छ । जसमा एक नेपालमा हुने विश्पकप छनोटको विजेता समेत हो ।

विश्वकप छनोटको मिति घोषणा हुन बाँकी छ । यो प्रतियोगितामा नेपालसहित पाँच देशले खेल्नेछन् । नसमा नेपाल, पपुवा न्यूगिनी, युगाण्डा तय भएको छ भने दुई देश टुङ्गो लाग्न बाँकी छ । अमेरिकन र युरोपको यू-१९ च्याम्पियनसिपको उपविजेताले छनोट खेल्नेछन् ।

गत नोभेम्बरमा कुवेतमा भएको यू-१९ पि्रमियर लिगमा दोस्रो भएपछि नेपालले विश्वकप छनोट खेल्न पाउने भएको हो । विजेता अफगानिस्तानले भने विश्वकपमा स्थान बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment