Comments Add Comment

रवीन्द्र समीर एकलव्य दृष्टि प्रकाशित

रवीन्द्र समीरको आठौं लघुकथा संग्रह एकलव्य दृष्टि प्रकाशित भएको छ ।

८२ वटा लघुकथाहरुको संग्रह एकलब्य दृष्टिमा वर्तमान समाजमा अन्तरनिहीत राजनीतिक, सामाजिक, धामिक, सांस्कृतिक तथा व्यक्तिगत विकृति, विसंगति एबम द्वैध चरित्रलाई व्यंगात्मक रुपमा तीव्र प्रहार गरिएको छ ।

Eaklabyaपेशाले प्रजजन तथा बाल स्वास्थ्य बिशेषज्ञ समीरले स्वास्थ्य क्षेत्रमा रहेका बिबिध पाटाहरुलाई बिबिध कोणबाट उजागर गरेका छन् । संग्रहको केन्द्रिय पात्र डा. शर्मा हुन् । डा. शर्माका क्रियाकलापहरु चिकित्सा क्षेत्रकादर्पण बनेका छन् ।

कृतिकाबारे हास्यव्यंग्यकार हरिवंश आर्चायले भने, डा. समीरका लघुकथाहरुको म पहिलेदेखि नै प्रशंसक थिएँ । उनको एकलव्य दृष्टिको एउटा लघुकथा हामीले तीन घण्टामा हेर्ने सिनेमाको सन्देश उनको एउटा लघुकथाले एक मिनेटमै दिन सक्छ ।’

पूर्व एनआरएन अध्यक्ष तथा लेखक जीवा लामिछानेले भने-‘हाम्रा समाजको प्रतिविम्ब पाइने हुनाले समीरका लघुकथा उत्कृष्ट लाग्छन्, त्यसैले मैले उनकाकथाहरु रमाइलो मानेर पढेँ ।’

रवीन्द्र समीरका तेश्रो आँखा, पोस्टमार्टम, विकिरण, ईश्वरका कथा, अर्जुनदृष्टि, अणु र पहाड तथाव्यंग्यम शरणं गच्छामि लघुकथा संग्रहहरु प्रकाशित छन् ।

यसबाहेक उनको मुक्तक संग्रह चाँदीको घेरा र ग्रेटवालको ग्रेट अनुभूति नियात्रा संग्रह पनि प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment