Comments Add Comment

फल्कनरको चौकासँगै राजस्थानको रोमान्चक जित

James Faulkner celebratation

४ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि ६ विकेटको जित हात पारेको छ ।

खेल निकै रोमान्चक भएको थियो र अन्तिम बलमा मात्र खेलको निर्णय भएको थियो ।

सनराइजर्स प्रस्तुत गरेको १२८ रनको लक्ष्य राजस्थानले ४ विकेटको क्षतिमा अन्तिम बलमा भेट्टायो । अन्तिम बलमा एक रन चाहिएको अवस्थामा जेम्स फल्कनरले चौका हान्दै आफ्नो टीमलाई जित दिलाए ।

राजस्थानको सुरुजात राम्रो रह्यो । अनिक्न्या रहाणेले ६२ रनको महत्वपूर्ण पारी खेले । सन्जु सामसनले २६ रज बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।

सनराइजर्सको टप अर्डरको प्रदर्शन विर्सनलायक रह्यो । शिखर धवन १० र डेभिड वार्नर २१ रनमा आउट भए ।

मोर्गनले सर्वाधिक २७ रन बनाए । नमन ओझाले २५ रनको योगदान दिए । रवी बोपारा, आशिष रेड्डीले अन्तिममा आक्रामक खेल्ने प्रयास गर्दै सम्माजनक स्कोर बनाउन महत्वपूर्ण भूमिका खेले ।

बोपाराले २३ र आशिसले १३ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment