Comments Add Comment

उपेन्द्र सुब्बाले ल्याए ‘लाटो पहाड’

Lato-Pahaad-071

काठमाडौं/ कथाकार उपेन्द्र सुब्बाले ‘लाटो पहाड’ नामक कथा संग्रह ल्याएका छन् । आफ्नै घर परिवार र समाजका यथार्त कुराहरुलाई समेटेर तयार पारिएको कथा संग्रह सबैले मनपराउने कताकार सुब्बाको विश्वास छ । उक्त कता संग्रह मंगलबार एक कार्यक्रमकाबीच राजधानीमा विमोचन गरिएको छ ।

लाटो पहाडको विमोचन गर्दै समालोचक अभि सुवेदीले उपेन्द्र सुब्बाका कथालाई स्मृति र आगतको सांस्कृतिक समागमका कथा भनिदिए । उनले सुब्बाका कथामा लिम्बुवानको मिहिन सांस्कृतिक उपस्थिति पाइने जिकिर गरे ।

‘राजनीतिमा अधिकार र पहिचानको ठूल्ठूलो कुरा आउँछ,’ मण्डला थिएटर, अनामनगरमा सोमबार सुब्बाको ‘लाटो पहाड’ कथा संग्रह विमोचन गर्दै सुवेदीले भने, ‘तर उपेन्द्रको लेखनमा त्यो विषय प्रतीकात्मक रुपमा गहिरो गरी आएको छ ।’ उनले उपेन्द्रका कथाले ‘च्याब्रुङको जस्तो झन्झनाहट’ पैदा गर्ने समेत दाबी गरे ।
Laato-Pahad
विमोचन कार्यक्रममा पत्रकार किशोर नेपालले सुब्बाका कथा युवाहरूले पढ्ने खालका भएको टिप्पणी गरे । उनले भने, ‘लिम्बु जनजीवनका शब्द खोजेर भाषाको जीवनलाई उपेन्द्रले बचाएका छन् तर यो आञ्चलिक उपन्यास होइन । साहित्य आञ्चलिक, प्रादेशिक हुँदैन ।’ उनले किताब पनि उपेन्द्रजस्तै विन्दास भएको बताए ।

पछिल्ला दिनमा सुब्बा सिनेमा लेखनमा पनि लाएको सन्दर्भ उल्लेख गर्दै आख्यानकार राजन मुकारुङले फ्यान धेरै पाइने लोभमा सिनेमातिर गएर कथा लेख्न छाड्ने खतरा औंल्याए । उनले सिनेकर्मीहरूलाई आफ्नो क्षेत्रको राम्रो काम आफै गर्न सुझाव दिंदै उपेन्द्रलाई लेख्ने क्षेत्रमै छाड्न आग्रह समेत गरे । ‘दुई डुंगामा खुट्टा राख्दा तर्न गाह्रो हुन्छ,’ मुकारुङले भने, ‘तरे त राम्रै हो तर म खतरा धेरै देख्छु ।’ उनले उपेन्द्र र आफूबीच सम्बन्धमा मुन्दुमी दर्शनको समानतावादी चिन्तनले एकै ठाउँ उभ्याएको समेत चर्चा गरे ।

अभिनेता दयाहाङ राईले उपेन्द्रलाई आफ्नो करियरको सुरुवाती चरणमा उपेन्द्रको भूमिका अभिभावको जस्तो भएको स्मरण गरे ।
कथाकार सुब्बाले ‘लाटो पहाड’ पुस्तकका सबै कथा आफ्नै घरपरिवार र छिमेकका सत्य कथा भएको बताए । उनले कथाहरू आफन्तहरूले थाहा पाए भने आफूले गाली खानुपर्ने भन्दै ठट्टा समेत गरे । १३ वटा कथा रहेको कथा पुस्तक फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment