Comments Add Comment

फेसबुकमा धेरैले ‘आइ लभ यु’ भन्छनः सुनिता दुलाल

sunita dulal (4)
सामाजिक सञ्जाल फेसबुकमा पौने आठ लाखले पछ्याएका छन् गायिका सुनिता दुलाललाई । आफु चर्चित हुनुमा सामाजिक सञ्जालको ५० प्रतिशत हात रहे जस्तो लाग्छ उनलाई ।  फुर्सद हुने बित्तिकै फेसबुकमा रमाउने र आफु सहभागी कार्यक्रममा वारेमा फेसबुकवाटै जानकारी दिने उनको चलन छ । उनै गायिकासंग अनलाईनखबरले गरेको फेसबुक संवादः

फेसबुकमा कति फ्यान होलान् ?
७ लाख ७८ हजार पुगे आजसम्म ।

अकाउन्ट आफैले खोल्नु भयो कि अरु कसैलाई लगाउनु भयो ?
सन् २००९ मा म आफैले खोलेको थिएँ ।

फेसबुक खोल्नुअघि यसको वारेमा के-के सुन्नु भएको थियो ?
म प्रायः मेल चेक गर्नका लागि ईन्टरनेमा बस्थें । इमेल चेक गर्दै थिएँ । एकजना साथीले फेसबुक खोल न, त्यहाँ धेरै कुरा हुन्छ भनेर सुझाब दिई । लगत्तै मैले एकाउण्ट खोलें ।

पहिलो प्रोफाईल पिक्चर्समा कुन फोटो थियो । याद छ ?
याद छ । राजभाई सुवालले फोटो सेशन गर्दिनु भएको थियो । ग्रीन कलरको कुर्ता लगाएको फोटो राखेकी थिएँ ।

कति दिनसम्म त्यहि फोटो राख्नु भयो ?
लगभग दुई वर्षजति चेन्ज गरिन होला ।

अरुको स्टाटस कत्तिको पढ्नुहुन्छ ?
पढ्छु । न्युजफिड्समा आएको पनि प्रायः सबै पढ्छु । कोही बिरामी परेको छ वा कसैको जन्मदिन परेको छ भने म फेसबुकवाटै शुभकामना दिन्छु । चौबिसै घण्टा अनलाईनमा हुने भएकाले पनि अरुको स्टाटस बढी नै पढ्छु । स्टाटसवाटै कतिपय समाचार थाह पाईन्छ ।

sunita-dula-mainतपाई चाहिँ के भएपछि स्टाटस लेख्नुहुन्छ ?
म प्रायः प्रोग्रामको वारेमा जानकारी दिन्छु । मिडिया र मेरो फ्यानहरुका लागि पनि यो जरुरी हुन्छ जस्तो लाग्छ । आफुलाई भट्ट केही कुराले छोयो भने मात्रै स्टाटस लेख्छु । कहिलेकाहिँ कुनै गीत यस्तो हुन्छ, झट्टै प्रभाव परिहाल्छ । त्यस्तो कुरा म शेयर गर्छु । कार्यक्रम भैसकेपछि भिडियो र फोटो पनि शेयर गर्ने गरेकी छु ।

स्टाटस युनिकोडमा लेख्नु हुन्छ कि रोमनमा ?
दुबै युज गर्छु । सामान्यतयाः विदेशमा रहनु भएका नेपाली दाजुभाईहरुले नेपालीमै पढन चाहनुहुन्छ । त्यसकारण म नेपालीमै लेख्छु ।

सबै भन्दा धेरै कमेन्ट आएको स्टाटस याद छ ?
जहाज दुर्घटना हुँदा एकजना एअरहोष्टेजको निधन भएको थियो । उहाँको फोटो राखेर समवेदना दिएको पोष्ट निकै धेरै शेयर भयो । अहिले पनि मेरो पेजमा गएर पनि हेर्न सक्नु हुन्छ, त्यति धेरै कमेन्ट अरुमा आएकै छैन ।

तपाईले लेखेका स्टाटसमाथि आलोचना कत्तिको हुन्छ ?
मेरो कुनै पनि स्टाटसमाथि त्यस्तो नराम्रो टिप्पणी भएको छैन् । नियतै खराब राखेर फेक आईडीवाट कमेन्ट गर्नेहरुको कुरा छाड्ने हो भने मेरो कुनै पनि स्टाटसको त्यति चर्को आलोचना भएको हुँदैन । स्टाटस लेख्नुअघि सोचेर मात्रै लेख्छु ।

तपाईलाई अनलाईनमा देख्ने बित्तिकै हाई भन्ने कति छन् ?
म सबैलाई अनलाईनमा राख्दिन । फेमीली मेम्बरलाई मात्र राख्छु । त्यसकारण मलाई धेरैले अनलाईनमा देख्नु नै हुन्न । फ्यान पेजमा म्यासेज त दिनमा हजार भन्दा बढी नै आउँछ । पर्सनलमा पनि औसत २० वटा म्यासेज आएकै हुन्छ ।

धेरैजसो म्यासेज के भनेर आउँछ ?
धेरैले चाहिँ आई लभ यु नै भन्नु हुन्छ । म सिंगल छु, त्यहि भएर पनि होला । तपाईलाई साडी लगाएको निकै सुहाउँछ । तपाई किन साडी मात्रै लाउनुहुन्छ भन्नेहरु पनि हुन्छन् । तपाईले राम्रो गर्नु भएको छ अझ धेरै राम्रो गर्नुस् भनेर शुभकामना दिनेहरु पनि धेरै हुन्छन् ।

अहिले विभिन्न ब्यक्तिले प्रायः नेताहरुको कार्टुन बनाएर उनीहरुको अनुहार बिगारेको तस्बिर पोष्ट गर्ने गरेका छन् । त्यो देख्दा तपाईलाई कस्तो लाग्छ ?
फेसबुक आफैंमा एउटा समाजिक सञ्जाल भएकाले आफ्ना भावनाहरु त्यहाँ पोख्न पाईन्छ । कार्टुन बनाउनु पनि कला हो । तर, के बिर्सन हुँदैन भने कसैको पनि कार्टुन वा अन्य कुनै चिज पोष्ट गर्दा उसको मानहानी हुनुहुन्न । करिअर बिग्रनेगरी कसैलाई पनि केही गर्नहुन्न ।

अनफ्रेण्ड कतिलाई गर्नु भयो ?
ब्लक चाँही धेरैलाई गरें । फेक आईडी बनाएर यत्तिकै डिष्टर्ब गर्नेहरु धेरै हुन्छन् ।

कतिपयले अस्लिल पिक्चर पोष्ट पनि गर्छन् । यस्ता तस्बिरले तपाईलाई दुःख दिएको छ कि छैन ?
मैले पर्सनलमा त पोष्ट गर्नै नमिल्ने बनाएकी छु । फ्यान पेजमा कमेन्टमा पनि त्यस्ता केही आयो भने ब्लक गर्दिहाल्छु ।

आफ्नै फेक आईडी हेर्नु भएको छ ?
हेरेको छु । पहिला मेरो धेरै फेक आईडी थिए । तर, मैले फेसबुकलाई भनेर बन्द गराएँ । अहिले त मेरो मात्रै छ ।

फेसबुकवाट नयाँ पुस्ताले के सिक्न सक्छन् ?
अहिले धेरै फेक आईडी राख्ने चलन छ । फेसबुकवाट साथी बनेकै भरमा प्रेम नगर्नु होला ।

तपाई चर्चित बनाउनमा फेसबुकको भुुमिका कति होला ?
मलाई त लाग्छ । कोही पनि कलाकारलाई चर्चित बनाउन सामाजिक सञ्जालको भुमिका ५० प्रतिशत भन्दा बढी हुन्छ । मलाई पनि चर्चित बनाउन सामाजिक सञ्जालको भुमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment