Comments Add Comment

बेलबारी भलिबलको उपाधि सशस्त्रलाई

vollyball

४ बैशाख, मोरङ । मोरङको केराबारी ९ देवीझोडामा  संचालित खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल पकली सुनसरीले जितेको छ ।

पूर्वज्योति क्लबद्धारा सञ्चालित प्रतियोगिताको बिहीवार सम्पन्न फाइनल खेलमा गोल्डेन फ्युचर सहकारी संस्था बेलबारीलाई तीन एकको सेटले पराजित गर्दै सशस्त्रले उपाधि चुमेको हो ।

विजेता सशस्त्रले २५  हजार नगद र उपविजेता गोल्डेनले १५ हजार नगद, ट्रफी, मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिताको वेष्ट डिफेन्स् विराट हेल्थ कलेज विराटनगरका खेलाडी सन्तोस राई, वेष्ट लिफ्टर गोल्डेनका मुस्कान लिम्बू, वेष्ट सटर सशस्त्रका रामकरण चौधरी, अनुशासित सिद्धार्थ बोर्डिङका देवेन्द्र भण्डारी र म्यान अफ दि सिरिज सशस्त्रका हेमराज बुडाथोकी रहेका छन् ।

विजेताहरुलाई मोरङ क्षेत्र नं ८ का सभासद चन्द्रबहादुर गुरुङ तथा विशिष्ट अतिथि प्याब्सन मोरङका उपाध्यक्ष अर्जुन बस्नेतले पुरस्कार वितरण गरेका थिए । चैत्र २७ गतेदेखि शुरु भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी, पाँचथर लगायतका ११ वटा टिमहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment