Comments Add Comment

सिटी डेभलपमेण्ट बैंकको नाफा पौने १३ करोड

४ वैशाख पोखरा । पोखराको चिप्लेढुंगामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेन्ट बैंकले पछिल्लो ९ महिनामा पौने १३ करोड मुनाफा कमाउन सफल भएको छ । बैंकले गत साउनदेखि यहि चैत मसान्तसम्ममा १२ करोड ७२ लाख रुपैयाा संचालन मुनाफा कमाउन सफल भएको जनाएको हो ।

बैंकले हालसम्म ४ अर्ब ४८ करोड निक्षेप संकलन गर्नुका साथै ३ अर्ब ७७ करोड कर्जा लगानी गरेको बताएको छ ।

ग्रामीण क्षेत्रलाई प्रमुख कार्यक्षेत्र बनाउादै कास्की, तनहा, लमजुङ, मनाङ, वागलुङ र चितवनसहित १४ शाखा मार्फत कारोबार गर्दै आएको बैंकले महिला, पिछडिएका वर्ग तथा युवा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बैंकले निकट भविष्यमा तनुहाको बन्दीपुर, पोखराको लामाचौर र कुश्मीशेरा बाग्लुङबाट कारोबार गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।

बैंकले मनाङको चामेबजार शाखा लगायत सबै शाखाहरुमार्फत लघुबित्त कार्यक्रम सञ्चालन गर्नुका साथै युवासाग सिटीसाग कार्यक्रम मार्फत युवा वर्गलाई लक्षित गरि लघुवित्त सेवा सञ्चालनमा ल्याएको केहि समयमा नै उल्लेख्य रुपमा युवा वर्गलाई बिभिन्न सिपमुलक तथा व्यावसायिक कार्यको लागि प्रभावकारी सेवा प्रदान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment