Comments Add Comment

प्रवर्द्धित वस्तुकै निर्यात तीन अर्बले घट्यो

export import४ चैत, काठमाडौं । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआइस) कार्यक्रम मार्फत प्रवर्द्धन गरिँदै आएका वस्तुहरुको निर्यात घटेको छ । सरकारले विभिन्न १९ वस्तुलाई निर्यातयोग्य पहिचान गरी प्रवर्द्धन गर्दै आएको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म एनटीआइस वस्तुको निर्यात पौने तीन अर्ब रुपैयाँले घटेको छ । यस अवधिमा १६ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तुहरु निर्यात भएका छन् । जबकी अघिल्लो वर्षको सोही अवधिमा १९ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तुहरु निर्यात भएका थिए ।

एनटीआइएस कार्यक्रमले १९ वस्तु पहिचान गरेपनि १३ वस्तुमात्र निर्यात हुँदै आएको छ । यस अवधिमा ८ वस्तुको निर्यात घटेको छ भने ५ वस्तुको निर्यात बढेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सबैभन्दा बढी फलाम तथा स्टिलजन्य वस्तुहरुको निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा ७.३ प्रतिशतले घटेपनि ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको फलाम तथा स्टिलजन्य वस्तुहरु निर्यात भएको छ ।

फागुनसम्म प्रकृतिक महको निर्यात २२६.६ प्रतिशतले बढेपनि ५ लाख ४९ हजार रुपैयाँको मात्र निर्यात हुन सकेको छ । अघिल्लो वर्षको यही अवधिमा एक लाख रुपैयाँको मह निर्यात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले घटेपनि अलैंची सबैभन्दा बढी निर्यात हुने वस्तुमा दोस्रो नम्बरमा परेको छ । अघिल्लो वर्ष तीन अर्ब ३४ करोडको अलैंची निर्यात भएकोमा यस वर्ष २ अर्ब १० करोडको निर्यात भएको छ ।

दाल, चिया, औषधिजन्य जडिबुटी, उनी तथा पश्मिनाका सलहरुको निर्यात अर्ब नाघेको छ । एक अर्ब ५ करोडको दाल निर्यात भएको छ भने एक अर्ब ३१ करोडको चिया, एक अर्ब १८ करोडको औषधिजन्य जडिबुटी, एक अर्ब ५५ करोड रुपैयाँको उनी तथा पश्मिनाको सल निर्यात भएको केन्द्रले जनाएको छ । यी सबै बस्तुहरुको निर्यात अघिल्लो वर्षको तुलनामा भने घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment