Comments Add Comment

छविले शिल्पालाई अंगालो मारेपछि….

chabi-and-shilpa
निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलको चर्चा नेपाली चलचित्र बजारका लागि खासै नयाँ होइन । नायिका रेखा थापासँग टाढा भएपछि शिल्पालाई आफ्नो क्याम्पमा भित्राएका छविले उनलाई लिएर २ वटा चलचित्र बनाइसके । गतबर्ष प्रदर्शनमा आएका दुई चलचित्र ‘लज्जा र हवल्दार सुन्तली’ले छविलाई खुशी दिइसकेका छन् ।

तर, निर्माता र नायिकाको निकटताका बारेमा चलचित्र क्षेत्रमा विभिन्न खाले चर्चा सुरु भएका छन् । नायिका शिल्पा पोख्रेलसँग छविराज ओझा टाढा हुन लागेको खबर केही दिन यता आगो जस्तै फैलिएको छ चलचित्र क्षेत्रमा । शिल्पाले चलचित्र ‘हवल्दार सुन्तली’को  प्रमोशनमा खासै समय नदिएको भन्दै छविले ‘किस्मत २’मा नयाँ नायिका खोजिरहेको चर्चा चलिरहेको थियो ।

तर, बिहिबार काठमाण्डौको गोपीकृष्ण हलमा आयोजना गरिएको चलचित्रको प्रेस शोमा छविले यो कुरालाई गलत देखाउन शिल्पालाई अंकमाल गरे । उनले आफू र शिल्पाको सम्बन्धमा कुनै खटपट नभएको समेत बताए । उनले नयाँ चलचित्रकी नायिका पनि शिल्पा नै भएको बताए ।

छविको अंगालोले शिल्पाको अनुहारमा पनि मुस्कान देखियो । छविराज प्रोडक्शनका कारण चलचित्र क्षेत्रमा एउटा उचाई बनाइरहेकी शिल्पा छविको न्यानो मायाले प्रफुल्ल देखिइन् । ऋषि लामिछानेको निर्देशनमा तयार भएको यो चलचित्रले अहिले सुखद व्यापार गरिरहेको छ ।

निर्माता छविराज ओझा एक सातामै  फाइदामा गइसकेका छन् । चलचित्रमा सविन श्रेष्ठ र किशोर खतिवडा पनि मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment