Comments Add Comment

एमालेका सचिव प्रदीप ज्ञवाली अस्ट्रेलिया आउँदै

Pradip Gwalaiअस्ट्रेलिया । नेकपा एमाले पार्टीका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली “नेपालको वर्तमान राजनैतिक अवस्था र संबिधान लेखन प्रकृयाका चुनौती” बिषयक अन्तरक्रिया कार्यक्रममा भाग लिन अस्ट्रेलिया आउने भएका छन् ।

प्रवासी मंच अस्ट्रेलियाका अध्यक्ष डा. बिनोद श्रेष्ठका अनुसार यहि १९ अप्रिल, आइतबारका दिन ७ अल्बर्ट स्ट्रीट, स्टार्थफिल्डमा रहेको रसियन क्लवमा मध्यान्ह १२.१५  बजेदेखि सो अन्तरक्रिया शुरु हुने बताइएको छ ।

प्रवासी नेपाली मंच अस्ट्रेलियाले आयोजना गरेको सो कार्यक्रममा उपस्थित भएर नेपालको संबिधान लेखन प्रकृयाका चुनौती र यसका समाधानका बिषयमा छलफल गर्न, सुझाव दिन र अन्तरक्रिया गर्न मंचले सिड्नीवासी नेपालीहरुलाई अग्रह गरेको छ ।

यसैबीच नेता ज्ञवाली अस्ट्रेलिया आएको अवसर पारेर मंचले सोही दिन साँझमा पार्टी विशेष प्रशिक्षण कार्यक्रम समेत आयोजना गर्ने भएको एमाले सम्बन्ध नेता रमेश पाण्डेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment