Comments Add Comment

विनिता र अनिश बने ‘मिस्टर एन्ड मिस त्रिचन्द्र’

Mr & Miss Trichandra (29)
सौन्दर्य प्रतियोगीता आयोजना गर्ने फेशन अब कलेजमा पनि प्रवेश गरेको छ । नेपालको पुरानो सरकारी कलेज ‘त्रिचन्द्र कलेज’मा पनि यस्तै एक फेशन शोको आयोजना भएको छ ।

‘मिस्टर एन्ड मिस त्रिचन्द्र’ नाम दिइएर आयोजना गरिएको सौन्दर्य प्रतियोगीतमा कलेजका विद्यार्थीहरु सहभागी भए । जसमा यसको ताज महिलातर्फ विनिता कार्की र पुरुषतर्फ अनिष गुरुङले जितेका छन् । वीपी मेमोरियल स्टुडेन्ट फाउन्डेशनले आयोजना गरेको प्रतियोगीताको कोरियोग्राफी नायक यशराजले गरेका थिए ।

यस्तै, प्रतियोगीतको ‘फस्ट रनरअप’ पुरुषतर्फ प्रज्वल भट्टराई र महिलातर्फ रिप्पल रावल बन्न सफल भए । सेकेन्ड रनरअपको ताज भने महिलातर्फ इभान्स पकवालले जितिन् भने पुरुषतर्फ भानुभक्त जोशीले यो ताज जिते । यस्तै, विभिन्न विधा अन्र्तगत ‘फोटोजेनिक’ अवार्ड पुरुषतर्फ सुर्य राई र महिलातर्फ शित्तल पोख्रेलले जिते । Mr & Miss Trichandra (15)
‘कन्पिmडेन्स’ विधामा महिलातर्फ मिना रेग्मी र पुरुषतर्फ प्रविन कुमार रेग्मी, ‘पर्फमेन्स’ विधामा महिलातर्फ मनिषा केसी र पुरुषतर्फ रोशन राई, ‘पर्सनालिटी’ विधामा महिलातर्फ निशा कार्की र पुरुषतर्फ विनोद गोदार, ‘वाक’ विधामा महिलातर्फ मनिषा सिम्खडा र पुरुषतर्फ गणेश क्षेत्री, ‘ट्यालेन्ट’ विधामा महिलातर्फ मिना डुम्रे र पुरुषतर्फ किरण खत्री र मदन भण्डारी, ‘पपुलर’ विधामा महिलातर्फ करुणा हुमागाँई र पुरुषतर्फ निशान घिमिरे, ‘डिसिप्लिन’ विधामा महिलातर्फ सोनु डंगोल र पुरुषतर्फ रक्कीचन्द्र ताजाले उपाधी जितेका छन् ।

प्रतिस्पर्धीको प्रतिभा मुल्यांकन गर्नका लागि जयन सुब्बा मानन्धर, हेमराज वीसी, अनुप सक्सेना, राजिव विक्रम शाही, सुव्रत आचार्य निर्णायकको रुपमा थिए । Mr & Miss Trichandra (2)

Mr & Miss Trichandra (16)

Mr & Miss Trichandra (23)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment