Comments Add Comment

टेलिकमका ३८ लाख मोबाइल अवरुद्ध हुँदै

४ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइलको बिलिङ सिष्टम अपग्रेड गर्ने भएको छ । कम्पनीले पुरानो NTCसिष्टमलाई कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटिबी) सिष्टममा अपग्रेड गर्न लागेको हो ।

शुक्रबार बेलुका १० बजेदेखि शनिबार विहान ५ बजेसम्म सिष्टम अपग्रेड गर्न लागेको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन् । यस अवधिमा प्रिपेड मोबाइलमा समस्या आउने सक्ने कम्पनीले जनाएको छ ।

‘३८ लाख जीएसएम प्रिपेड मोबाइलको सिष्टम माइग्रेट गर्न लागेका छौं’ प्रवक्ता वैद्यले भनिन्, ‘सिष्टम परिवर्तन गर्दा ३८ लाख मोबाइलमा समस्या आउन सक्ने सम्भावना छ ।’

सिष्टम अपग्रेडको काम सम्पन्न भएपछि समस्या स्वतः हट्ने वैद्यले जानकारी दिइन् । टेलिकमले सार्वजनिक सूचना जारी गरेर ग्राहकलाई आइपर्ने समस्याको बारेमा जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment