Comments Add Comment

मूल प्रवाहको नगर सम्मेलन हुँदै

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलन शनिवारदेखि चेन्नईमा हुने भएको छ । १३ नगर समितिको सम्मेलन एकै दिन हुनेछ ।

सम्मेलनको उद्घाटन चेन्नईमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव कृष्ण अधिकारीले, लुधियाना सिटीमा मूल प्रवाहका अध्यक्ष मित्रलाल शर्माले, नारनौलमा महसचिव खगेश्वर शर्माले, सोलनमा उपाध्यक्ष हिरासिंह चन्दले, इल्लाहवादमा उपाध्यक्ष कपिल खनालले, भिलाईमा सचिव प्रेम पौडेलले गर्नेछन् ।

यस्तै, भूवनेश्वरमा वरिष्ठ सल्लाहकार दुर्गाबहादुर केसीले, उमलाफेरमा सदस्य ओविराम जिएमले, दमनमा सदस्य भिमबहादुर थापाले, रोहतकमा सदस्य मोतीराज गौतमले, अलिबागमा सदस्य गोविन्दबहादुर थापाले, इन्दौरमा सदस्य विनोदसिंह विकले र बडकोटमा सदस्य टेकप्रसाद कंडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनको तयारी अन्तीम चरणमा पुगेको समाजका अध्यक्ष मित्रलाल शर्माले बताए ।

समाजका अध्यक्ष मित्रलाल शर्माद्वारा जारी विज्ञप्तिमा भारतमा नेपालीहरुमाथि भारत सरकारको गलत रवैयाप्रति विरोध जनाउँदै दुवै खाले नेपालीहरुलाई छुट्टाछुटै समयमा सम्पन्न सन्धिहरुद्वारा प्रदत्त अधिकारको आधारमा नै व्यवहार गरिनु पर्नेमा जोड दिइएको छ ।
– धनवीर पुनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment