Comments Add Comment

अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित चेली स्पेनका युनिभर्सिटीहरुमा अनुभव साट्दै

indira rana-1वसन्त रानाभाट

बार्सिलोना । अन्तर्राष्ट्रिय स्तरको वल्ड चिल्ड्रन प्राईज अनरेरी अवार्डबाट सम्मानित नेपाली चेली इन्दिरा रानामगर स्पेन आईपुगेकी छन्। ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्ष समेत रहेकी रानामगर स्पेनका बिभिन्न युनिभर्सिटीहरुमा आफ्नो अनुभवहरु साट्न आईपुगेकी हुन्।

स्पेनिस नागरिक ग्लोरिया र वरियल लगायत उनीहरुको परिवारले हालै स्थापना गरेको कलियु नेपाल नामक सस्थाको आमन्त्रणमा स्पेन आएकी हुन् । यही वर्षदेखि स्पेनिसहरुले स्थापना गरेको उक्त संस्थाले बन्दी सहायता नेपाल संस्थासँग सहकार्य गर्दै काम गर्ने भएको छ। हालै २ हजार युरो सहयोग गर्दै कलियु नेपालले बालगृह, स्कुल तथा यूवा कार्यक्रममा पनि सघाएको छ।

स्पेनिस नागरिक ग्लोरिया र वरियल करिब २ वर्ष सम्म नेपालमा नै रहेर बिभिन्न जेलहरुको अवलोकन समेत गरेका थिए।  रानामगरले स्पेनको बार्सिलोना र जिरोनाका ३ बटा युनिभर्सिटीहरुमा पुगेर अन्तरक्रिया गरिसकेकी छन् भने लेईदामा अवस्थित बन्दी गृहमा गएर त्यहाँको अवलोकन समेत गरिन्।

indira rana-2अनलाईनखबरसँग कुराकानी गर्दै उनले भनिन्,”बन्दी अभिभावकका बालबालिकाको शिक्षादीक्षामा काम गर्दाको अनुभवहरु मैले यहाँ सेयर गरेकी हुँ, देशमा परिवर्तनको लागि बालबालिकाहरुले सकारात्मक कुरा सिक्नुपर्छ, त्यसैले जेलमा रहेका बालबालिकाहरु कुनै पनि बिषयबाट बन्चित हुनु हुदैन।”

स्पेनको अर्को शहर भ्यालेन्सियामा पनि रानामगरले गर्ने अन्तरक्रियाका कार्यक्रमहरु तय भएका छन्। अन्तर्राष्ट्रिय स्तरको अवार्ड जितीसकेकी उनी बार्सीलोनामा टेलिभिजन, रेडियो लगायत स्थानीय संचारमाध्यममा समेतअन्तरवार्तामा ब्यक्त बनेकी छिन्।

अहिलेसम्म जेलबाट करिव एक हजार भन्दा बढी बालबालिकाको उद्धार गरिसकेकी इन्दिरा बिगत २० बर्षदेखि नै बालबालिकाको संरक्षण,शिक्षा र पालनपोषणका लागि काम गर्दै आएकी हुन् । उनले बालबालिकाहरुको लागि स्कुल, बालगृह लगायत अन्य यूवा कार्यक्रम पनि सञ्चालन गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment