Comments Add Comment

गोदरेजको सिंगापुर-मलेसिया भ्रमण प्याकेज

Godrej-Home-Applince४ चैत, काठमाडौं । गोदरेजले नयाँ वर्षको अवसर पारेर ग्राहकहरुमाझ आकर्षक प्याकेज उपहार ल्याएको छ । ‘ब्रिङ होम दी हेप्पिनेश प्याकेज’ नामक योजनामा हरेक हप्ता दुई जना ग्राहक विदेश भ्रमणमा जान पाउनेछन् ।

गोदरेजको रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिद गर्ने ग्राहकहरु यस योजनामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । कम्पनीले हरेक हप्ता दुई जनालाई लक्की ड्र गरेर सिंगापुर-मलेसिया स्टार क्रुजको होलिडे प्यकेज प्रदान गर्ने छ ।

सिमित अवधिका लागि लागू गरिएको योजना नेपालभर रहेका गोदरेज आउटलेटहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ वर्षलाई उत्साहमय बनाउन यस्तो प्याकेज ल्याएको गोदरेजका ललितकुमार मिश्र बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment