Comments Add Comment

७ वर्षपछि जनप्रगतिशील मञ्च स्पेनको अधिवेशन हुँदै

janapragatishil spainबार्सिलोना । एकीकृत नेकपा माओवादीनिकट नेपाली जनप्रगतिशील मञ्च स्पेनले आफ्नो पहिलो अधिवेशनको घोषणा गरेको छ। मञ्चले स्थापनाकालको ७ वर्षपछि मात्र आगामी जुनको पहिलो हप्ता बार्सिलोनामा पहिलो अधिबेशन गर्ने निर्णय गरेको हो ।

सन् २००८ सालदेखि स्पेनमा सक्रिय रहदै आएको मञ्चले प्रगतिशील विचार राख्ने समूहलाई एकताको मालामा आबद्ध हुन विशेष आग्रह गर्दै एकजुट हुन अपिल समेत गरेको छ। मञ्चका अध्यक्ष महेश्वर कंडेलको अध्यक्षता गत सोमबार बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको महासचिव गंगाप्रसाद भुसालले जानकारी दिए।

२८ सेप्टेम्बर २०१२ मा पुनर्गठन भएको हालको कार्यसमिति विघटन भन्दै अध्यक्ष कंडेलकै संयोजकत्वमा ५५ सदस्यीय महाधिवेशन मूलआयोजक समितिसमेत गठन गरेको छ।

यस्तै ब्यवस्थापन तथा सम्पर्कमा गंगाप्रसाद भुसाल, अर्थ व्यवस्थापनमा यज्ञ नारायण पौड्याल (रमेश) र संगठन विस्तारका लागि विशाल ढुंगाना रहने गरि विभिन्न उपसमितिहरुको गठन गर्दै संयोजकहरुको जिम्मेवारी दिएको मञ्चले जनाएको छ।

– वसन्त रानाभाटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment