Comments Add Comment

एनआरएन अमेरिकाको मतदान जारी

nrn usa logoवासिंगटन डीसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय समितिको नयाँ कार्य समितिको लागि विहीबारबाट मतदान प्रक्रिया जारी रहेको छ । विहीबार सुरु भएको मतदान अप्रिल २० सम्म चल्नेछ । मतदातले घरमा रहेर इलेक्ट्रोनिक तथा हुलाकबाट मतदान गर्न सक्ने प्रावधान छ ।

आगामी दुई वर्षे कार्यकालका लागि आधा दर्जन अध्यक्षका प्रत्यासी छन् । अध्यक्षमा डा.केशव पौडेल, नगेन्द्र पौडेल, गणेश कुवँर, रमा सिंह, श्री पराजुली र दुर्गा दाहाल प्रतिष्पर्धी छन् ।

एक जना वरिष्ठ उपाध्यक्षका लागि कृष्ण पोखरेल, नेदेन डोंगला, शिव विष्ट र विश्व साह गरी चार जना प्रतिष्पर्धी छन् । चार जना उपाध्यक्षका लागि १२ जना प्रतिष्पर्धी छन् । उपाध्यक्षमा डिल्ली भट्टराई, बन्दना कोइराला, रविना थापा, राम पोखरेल, सीता खरेल, गोपेन्द्र भट्टराई, ज्ञानदीप लामा, मोहन थापा, मोहन तिमिल्सिना, उमा थापा, सञ्जिव श्रेष्ठ र बलराम थापा प्रतिष्पर्धा गरिरहेका छन् ।

यसैगरी एक जना सचिवका लागि शंकर खड्का, राजेश सापकोटा र नेत्रप्रसाद पाण्डेबीच घम्साघम्सी छ भने एक सहसचिवमा पुष्पलता भण्डारी, संगीता लम्साल र प्रकाश बस्नेत प्रतिष्पर्धामा छन् । एक कोषाध्यक्ष पदमा प्रसन्न संग्रौला र वेदराज बस्नेतको प्रतिष्पर्धा छ भने एक सहकोषाध्यक्ष पदमा प्रकाश सापकोटा र रविन बज्राचार्यबीच प्रतिष्पर्धा छ ।

एनआरएन प्रवक्ताका लागि लक्ष्मी बजगाईँ र रामप्रसाद खरेल चुनावी प्रतिष्पर्धामा छन् । मिडिया कोआर्डिनेटरमा सर्वज्ञ वाग्ले, युवा कोअर्डिनेटर वषर्ा मोक्तान र महिला कोअर्डिनेटरमा राधा पौडेलको मात्रै उम्मेदवारी परेकोले तीनै जना निर्विरोध चुनिएका छन् । १० जना बोर्ड सदस्यका लागि भने २१ जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment