Comments Add Comment

इकबाल र रहिमको कीर्तिमानी साझेदारी

Mushfiqur-Rahim-and-Tamim-Iqbal
४ वैशाख, काठमाडौं । तमिम इकबाल र मुस्फिकर रहिमले कुनै पनि विकेटका लागि बंगलादेशको ठूलो साझेदारीको कीर्तिमान बनाएका छन् ।

पाकिस्तानविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इकबाल र रहिमले तेस्रो विकेटका लागि १७८ रनको साझेदारी गरेका हुन् । यो बंगलादेशका ब्याट्सम्यानले कुनै पनि विकेटका लागि बनाएको सबैभन्दा ठूलो साझेदारी हो ।

यसअघि २००६ मा राजिन सालेह र हबीकुल बशरले केन्याविरुद्ध चौथो विकेटका लागि १७५ रनकेा साझेदारी गरेका थिए ।

कीर्तिमानी साझेदारी गर्ने क्रममा इकबाल र रहिम दुबैले शतक बनाएका छन् । ओपनर इकबाल १३२ रनमा आउट भए भने रहिमले १०६ रन बनाए ।

इकबाल र रहिमको उत्कृष्ट प्रदर्शनको मदतमा बंगलादेशले पाकिस्तानविरुद्ध ५० ओभरमा ६ विकेट गुमाएर ३२९ रन बनाएको छ । उसका अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । सकिब अल हसनले ३१ रन बनाए ।

श्ाौम्य सरकारले २०, सविर रहमानले १५, महमुदुल्लाहले ५ रन बनाए भने नारिस हुसेन ३ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment