Comments Add Comment

एमालेले सरकार छाड्न सक्छ : भण्डारी

४ वैशाख, पोखरा । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान निर्माणमा ढिलासुस्ती हुन्छ भने एमालेले सरकार छाड्न सक्ने चेतावनी दिएकी छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

अखिल नेपाल महिला सङ्घ कास्कीको जिल्ला अधिवेशनको शुक्रबा उद्घाटन गर्दै भण्डारीले नयाँ संविधान निर्माणको जिम्मेवारी बोधका लागि मात्रै एमाले काँग्रेससँग सहकार्य गर्दै सरकारमा गएको बताइन् ।

संघीयता बाहेकका सबै विवादित वस्तुमा सहमति भइसकेपनि एमाओवादीले अनेकौँ बखेडा झिकेर संविधान बनाउन नदिएको उनको आरोप थियो ।

व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले नयाँ संविधानमा गलत एजेण्डा परास्त गरेर सही र लोकतान्त्रिक एजेण्डा राखेर संविधान बनाउन केही ढिलाइ भएको र संविधानसभाले नयाँ संविधान बनाएरै छाड्ने दृढता व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment