Comments Add Comment

यी हुन् विश्वमा सबैभन्दा चौडा जिब्रो भएका बाउछोरी

BYRON-SCHLENKER-570४७ वर्षका बाइरोन सेलेन्करको जिब्रो देख्दा अचम्मै लाग्छ । उनको जिब्रो यति चौडा छ की त्यो मुखबाट बाहिर निस्कन समेत मुखको प्वालमा नअट्ने हो की जस्तो लाग्छ । बाहिर निकालेपछि भित्र कसरी छिर्ने होला ? भन्ने लाग्छ देख्नेलाई ।

देख्नेलाई असजिलो लागेर के भयो ? सेलेन्करका लागि भने ३.३७ इन्च चौडा त्यो जिब्रो जिन्दगीको सबैभन्दा पि्रय वस्तु हो । यहीँ जिब्रोले उनलाई नाम र दाम दुबै दिएकेा छ । उनी विश्वका सबैभनदा चौडा जिब्रो भएका व्यक्ति हुन् र गएको नोभेम्बरमा उनको नाम गिनिज बुकमा दर्ज भएको हो ।

अमेरिकाको साइराक्युजका सेलेन्करको जिब्रो आइफोन सिक्स भन्दा २ सेन्टिमिटर चौडा छ ।

उनको जिब्रोका फ्यान धेरै छन् । बाटोमा हिँड्यो की उनलाई हेर्ने र सँगै फोटो खिचाउन खोज्नेको भिड नै लाग्छ । उनको घरमै आएर गिनिज बुकमा अटोग्राफ माग्नेको पनि घुइँचो नै लाग्छ । एकपटक त एकजना महिलाले गिनिज बुकको किताब ल्याएर उक्त किताबमा उनको जिब्रोले चाटिदिन आग्रह गरिछिन् । जसलाई सेलेन्करले भद्र पाराले अस्विकार गरे ।

यति ठूलो जिब्रो हुँदाहुँदै पनि आफु सामान्य मानिस जस्तै बोल्न तथा खान सकेको देखेर मानिसहरु छक्क पर्ने गरेको उनी बताउँछन् ।

तर उनकी श्रीमतीलाई पनि लोग्नेको लामो जिब्रोका बारेमा केही मानिसले गर्ने गरेको टिकाटिप्पणीले दुख लाग्छ । कतिपयले हात्तिकाने जिब्रो भएका लोग्नेसँगको सेक्स लाइफ कस्तो होला ? भनेर गिज्याउने समेत गरेका छन् ।

बुवा सेलेन्कर मात्र होइन छोरी इमिली पनि किर्तिमानी जिब्रोधारी हुन् । उनको जिब्रो २.८९ इन्च चौडा छ । उनीपनि विश्वमा सबैभन्दा चौडा जिब्रो भएकी महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment