Comments Add Comment

वैज्ञानिकले बनाए यस्तो क्यामरा जसलाई चार्ज गर्नैपर्दैन

columbia-university-self-powered-camera

अमेरिकी वैज्ञानिकहरुले विश्वमै पहिलोपटक यस्तो क्यामराको निर्माण गरेका छन् जसले आफै उर्जा उत्पादन गर्छ र चार्ज गर्नु पर्दैन । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक के नायरको निर्माण गरेको यो क्यामराले सौर्य उर्जालाई विद्युतीय उर्जामा बदल्न सक्छ । यो क्यामराले कोठाभित्र समेत पूर्ण उज्यालो हुनेहो भने प्रति सेकेण्ड एउटा फोटो खिच्न सक्छ ।

नायरले यस्तो पिक्सेल विकशित गरेका छन् जसले केवल प्रकाशको तिव्रता मात्र मापन गर्ने होइन फोटोग्राफिक फिल्ममा पर्ने प्रकाशलाई विद्युतिय उर्जामा बदल्न सक्छ ।

कोलम्बिया इन्जिनियरिङस्थित कम्प्युटर भिजिन ल्याबोरेटरीका अध्यक्ष समेत रहेका नायरका अनुसार डिजिटल तरिकाबाट तस्वीर बनाउने दिशामा क्रान्तिकारी खोजको नजिक शोधकर्ताहरु पुगिसकेका छन् । आफुहरुले बाहिरी उर्जाको सहयोग विनै चलाउन सकिने निकै उपयोगी क्यामरा विकशित गर्न लागेको उनले बताएका छन् ।

camera

कुनैपनि डिजिटल क्यामरामा इमेज सेन्सर प्रविधि रहन्छ जुन एक चिप हो । त्यसमा फोटोडायोड राखिएको हुन्छ जसमा प्रकाश पर्ने बित्तिकै त्यसले विद्युत उर्जा उत्पन्न गर्दछ ।

क्यामरामा उक्त पिक्सेल फोटोकन्डक्टिभका रुपमा प्रयोग गरिएको हुन्छ । नायरले विकशित गरेको पछिल्लो क्यामरामा सोलार प्यानलमा सोही पिक्सेललाई फोटोभोल्टिकका रुपमा प्रयोग गरिएको छ ।

हरेक पिक्सेलमा रहेका फोटोडायोड चलायमान हुँदा फोटोभोल्टिकका रुपममा काम गर्ने प्रविधि यस क्यामरामा राखिएको छ । क्यामराले आफ्नै लागि तस्वीर खिच्न उर्जा उत्पादन गर्ने मात्र होइन तस्वीर खिच्नु नपरेको बेला यसले उत्पादन गर्ने विजुलीलाई अन्य उपकरणमा समेत प्रयोग गर्न सकिन्छ ।

आगामी अपि्रल २४ देखि २६ सम्म ह्युस्टन स्थित राइस विश्वविद्यालयमा हुने कम्प्युटेसनल फोटोग्राफी सम्मेलनमा यो क्यामरालाई सार्वजनिक गर्ने योजना नायरको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment