Comments Add Comment

६० हजार टामीफ्लु भित्रियो

५ बैशाख, काठमाडौं । देशका विभिन्न भागमा स्वाइनफ्लु देखिएपछि सरकारले मगाएको ६० हजार थान टामीफ्लु औषधि नेपाल भित्रिएको छ ।
बिहीबार बेलुका जेट एयरको नियमित उडानबाट औषधि काठमाडौं आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।

७५ एमजी ट्याब्लेटको ७६ रुपैयाँ पर्ने ती औषधि विश्व स्वास्थ्य संगठनले अनुदान सहयोगमा उपलब्ध गराएको हो । थप ४० हजार थान टामीफ्लु पनि छिटै आउने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment