५ बैशाख, काठमाडौं । सरकारले नवगठित नगरपालिकाका लागि ३१ करोड ७२ लाख रुपैयाँ रकम निकासा गरेको छ । गत १६ मंसिरबाट मुलुकभर ६१ नगरपालिका थप गरिएका छन् ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको रकमान्तर विवरणअनुसार नवगठित नगरपालिकाको स्तरोन्तिका लागि सरकारले अनुदान रकम दिएको हो । विवरणमा प्रतिनगरपालिका ५२ लाख रुपैयाँ पर्ने गरी अनुदान रकम दिइएको उल्लेख गरिएको नयाँ पत्रिकामा खबर छ ।
अनुदान स्वरुप प्राप्त रकममध्ये प्रत्येक नगरपालिकाले कार्यालय सञ्चालनमा १० लाख, फर्निचर खरिदमा ६ लाख, कम्प्युटर खरिदमा ६ लाख र फोहोरमैला व्यवस्थापनका लागि प्रयोग हुने टि्रपर तथा उपकरणमा ३० लाख रुपैयाँ खर्च गर्न सक्नेछन् । स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको छ ।