Comments Add Comment

आईपीएलमा मुम्बईको लगातार चौथो हार

Mumbai Indians v Chennai Super Kings

५ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले लगातार चौथो हार ब्यहोरेको छ ।

शुक्रबार राति भएको खेलमा मुम्बई बलियो टोली चेन्नई सुपर किङ्गसँग ६ विकेटसँग पराजित भएको छ । रोहित शर्माको अर्धशतक र किरन पोलार्डको शानदार ६४ रनको पारीले पनि मुम्बईलाई हारबाट बचाउन सकेन ।

पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनायो । उसको सुरुवात भने खराव थियो । १२ रन जोड्दा ३ विकेट गुमाएको मुम्बईको पारी मध्यक्रमका ब्याट्सम्यानले सम्हाले ।

रोहित शर्माले हरभजन सिंहसँग मिलेर केही रन जोड्ने प्रयास गरे । तर, हरभजन २४ रनमा क्याच आउट भए ।

रोहित र पोलार्डले सम्हालिएर खेले । रोहित ५० रनमा आउट भएपछि अम्बाती रायडूले पोलार्डलाई साथ दिँदै टीमको स्कोर १८१ रन पु¥याए । तर, अन्तिम ओभरमा पहिला रायडू र फेरि पोलार्ड आउट भए ।

पालार्डले ३० बलमा ६४ रन बनाए भने रायडूले १६ बलमा २९ रनको योगदान दिए । चन्नईका आशिष नेहराले तीन विकेट लिए भने ड्वेयन ब्राभोले २ विकेट हात पारे ।

१८४ रनको लक्ष्य पछ्याएको चेन्नईले १६.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । निकै राम्रो सुरुवात गरेको चेन्नईका ड्वेयन स्मिथ र ब्रेन्डन म्याकुलमले पहिलो विकेटका लागि १०९ रनको साझेदारी गरे ।

स्मिथले ६२ रन बनाए भने म्याकुलमले ४६ रन जोडे । सुरेश रैनाले ४३ रन जोेडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment