Comments Add Comment

पाकिस्तानविरुद्धको पहिलो एकदिवसीय बंगलादेश विजयी

Bangladesh v Pakistan

५ वैशाख, काठमाडौं । पाकिस्तानविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेश ७९ रनले विजयी भएको छ । यससँगै तीन म्याचको श्रृखलामा घरेलु टोलीले १–० को अग्रता लिएको छ ।

मिरपुरमा बंगलादेशले प्रस्तुत गरेको ३३० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.२ ओभरमा २५० रन जोड्दा सबै विकेट गुमायो ।

पाकिस्तानका लागि अजहर अलीले ७२ रन बनाए भने मोहम्मद रिवानले ६१ र हरिस शोएलले ५१ रन बनाए । रिवान डेब्यू खेलमा नै अर्धशतक बनाउने नवौं पाकिस्तानी ब्याट्सम्यान हुन् ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा तस्किन एहमेद र अरफात सन्नीले ३–३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले तमिम इकबाल र मुस्फिकर रहिमको कीर्तिमानी साझेदारीको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३२९ रन बनाएको थियो ।

इकबाल र रहिमले तेस्रो विकेटका लागि १७८ रनको साझेदारी गरे । यो कुनै पनि विकेटका लागि बंगलादेशी ब्याट्सम्यानले गरेको ठूलो साझेदारी हो ।

इकबालले १३२ रन बनाए भने रहिम १०६ रनमा आउट भए । पाकिस्तानका वाहब रियाजले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment