Comments Add Comment

भुवनलाई थाईल्याण्डको डिंगो, राजेशलाई बेलायतको किताब

नेपाली फिल्म उद्योग आफैमा सानो भएपनि केही कलाकारले भने राम्रै हैसियत बनाएका छन् यही क्षेत्रमा लागेर ।

बलिउड कलाकारझैं केही नेपाली कलाकारहरु बिदेशका राम्रा सपिङ हवमा पुगेर किनमेल गर्छन् ।

नेपाली चलचित्रले कम ब्यापार गरे पनि विदेशमा हुने स्टेज कार्यक्रमले कतिपय कलाकारलाई विदेशमा सपिङ गर्न सहज बनाइदिएको छ आजकल ।

कुन कलाकार के किन्न बिदेश जान्छन ? हामीले चलेका तीन जना कलाकारको बिदेशी मुलुकमा सपिङ अनुभव सुनाउँदै छौं ।

डिंगो किन्न थाईल्याण्ड

कुनै वेला यस्तो थियो, डिंगो बुठ विना भुवन केसी कार्यक्रममा उपस्थित नै हुँदैन थिए । सिनेमाको सुटिङ होस् या अन्य फिल्मी कार्यक्रम, उनी सबैभन्दा धेरै महत्व डिंगोलाई दिन्थे ।

bhuwan-kc

भुवनका अनुसार चालीसको दशकमा काठमाडौमा डिंगोको माग सिमित थियो । त्यसकारण काठमाडौमा चाहेजस्तो डिगो पाईदैन थियो । ‘कोही साथीहरु बैंकक जान लागेको थाह पाएपछि डिंगो किन्न पठाउँथे ।’ भुवन सम्झिन्छन् ।

आफुले विश्वकै महंगो डिंगो लगाएको दाबी गर्ने भुवनले थाईल्याण्ड, बेलायत र हङकङमा डिंगो किनेका थिए । आफुलाई जुत्ताका सौखिन मान्ने भुवन अहिले पनि पाएसम्म डिंगो नै लगाउँछन् ।

पुस्तकका किन्न बेलायत :

पढन्ते नायकका रुपमा चिनिन्छन् राजेश हमाल । घरमा बस्दा पढेरै समय बिताउने हमाल, सुटिङमा जाँदा पनि किताब बोकेरै जान्छन् । अंग्रेजी साहित्य र बायोग्राफीका पुस्तक पढ्न मन पराउने हमाल किताब किन्न भने बेलायत जाने गरेका छन् ।

rajesh-hamal-in-literature-

धेरै मुलुक घुमेका हमाललाई बेलायतीहरुको पढ्ने स्टाईल निकै मन पर्ने रहेछ । राजेशले बताएअनुसार बेलायतमा केही यस्ता पुस्तक पसल छ । जहाँ कुनै पनि किताब आरामले केही घण्टा पढेपछि मात्रै किन्न पनि पाईन्छ ।

चलचित्रमा अत्याधिक ब्यस्त हुँदा पनि उनी वर्षको एक पटक घुम्नकै लागि विदेश जान्थे । उनको प्राथमिकता किताब नै पर्थ्यो ।

जुत्ता विदेशकै

indira-joshi-2

अहिलेकी ब्यस्त गायिका इन्दिरा जोशी जुत्तामा सौखिन छिन् । घरमा ४५ जोर जुत्ता जम्मा पारेकी इन्दिरालाई राम्रो डिजाईनको जुत्ता लेख्ने बित्तिकै लोभ लागिहाल्छ । भन्छिन ‘विदेश गएको बेला जुत्ता चाँही देख्नै हुन्न, आँखा लागिहाल्छ ।’

कुनै देशमा सपिङ गर्नु अघि ब्राण्डको वारेमा वस्ता गर्ने वानी छैन । ‘मलाई मन परेको रङ र साईज भएपछि हुन्छ ब्राण्ड हेर्दिन ।’ स्वदेशी उत्पादनको तुलनामा विदेशी केही महंगो हुने भए पनि विदेशी जुत्ता लगाउन सजिलो हुने उनको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment