Comments Add Comment

चिकित्सक भन्छन्- नेपालमै सम्भव थियो सूर्यबहादुरको उपचार

५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन ‘ग्यास्ट्रिकटोमी’को अप्रेशनपछि भयो । अप्रेशन गर्नुअघिसम्म उनी ठमठम हिँड्ने, कुराकानी गर्ने र पत्रिका पढ्न सक्ने अवस्थामै थिए । उपचारका लागि दिल्ली लगिँदा धेरैले ठानेका थिए, उनको मुटुको जाँच गर्न लगिएको होला ।
Illu_stomach
मुटुको बिरामी रहेका थापा उपचारका लागि दिल्ली जानुपूर्व उनको पेटमा समस्या रहेको कतै पनि चर्चा थिएन । तर, मेदान्त अस्पतालमा पुगेपछि एकाएक उनको आन्द्राको केही भागमा क्यान्सर देखियो र, त्यसलाई काटेर फाल्नुपर्ने भयो ।

चैत २७ गते थापाका स्वकीय सचिव अरुण शर्माले जारी गरेको प्रेस वक्तव्यमा डा. आदर्श चौधरीले थापाको पेटको शल्यक्रिया गरेको र सो सफल भएको जनाइयो । वक्तव्यमा थापाको ‘ग्यास्ट्रिकटोमी’को अप्रेशन गरिएको बताइएको थियो  ।

ग्यास्ट्रोलोजीका विज्ञ सर्जन डा. राकेश साहले अनलाइनखबरसँग भने- ‘ग्यास्ट्रिकटोमी हाम्रा लागि कुनै ठूलो अप्रेशन नै होइन, नेपालमै यसको सहजै शल्यक्रिया हुने गरेको छ । प्रेसर र सुगरका बिरामीहरुको समेत हामीले सफल अप्रेशन गर्दै आएका छौं । तर, बढी उमेरका विरामीलार्इ केही अप्ठेरो पर्न सक्छ ।’

आफूले हालै काठमाडौंको ग्राण्डी अस्पतालमा ७२ वर्षका वृद्धको  ६ घण्टा लगाएर जटिल शल्यक्रिया गरेको र उनी ठमठम हिँडेर घर फर्केको साहले अनलाइनखबरलाई बताए ।

‘उमेरका कारण अप्रेशन असफल हुने भन्ने हुँदैन, मैले भारतमा हुँदा ९७ वर्षको बिरामीको सफल शल्यक्रिया गरेको छु’ डा. साहले भने ‘४० वर्षको मान्छे पनि थला परेको हुन सक्छ, तर सूर्यबहादुर थापा अप्रेसन गर्नुअघिसम्म राजनीतिक बैठकहरुमा भाग लिइरहनुभएको थियो ।’

विज्ञहरुका अनुसार ‘ग्यास्ट्रिकटोमी’ भनेको ग्यास्ट्रिक र अल्सर हुँदै आन्द्राको केही भागमा पलाएको क्यान्सरका कारण त्यसलाई काटेर फालिने एक प्रकारको शल्यक्रिया हो । तर, यो शल्यक्रिया जटिल भने होइन ।

थापाको निधनको कारण

‘ग्यास्ट्रिकटोमी’को अप्रेशनलाई सामान्य मानिने र नेपालमै पनि यसको सफल उपचार हुने भएता पनि थापाको निधन भयो ।

थापाको शरीरमा मधुमेह, उच्च रक्तचाप र मुटुको समस्या रहेकाले शल्यक्रिया र औषधि प्रयोगका कारण अरु रोगले चापेका कारण निधन भएको हुन सक्ने विज्ञको अनुमान छ ।

तर, डा. साह भन्छन्, ‘सुगर वा प्रेसर जस्तोसुकै रोगले चापेका बिरामीको पनि सफल उपचार गर्ने प्रविधि र जनशक्ति नेपालमा छ, यस्तो रोगका कारण अप्रेशन गर्नबाट डराउन आवश्यक छैन, र यसबारे हामीले जनचेतना जगाउन जरुरी छ ।’

शल्यक्रियापछि थापाको निजी सचिवालयले जारी गरेको प्रेस वक्तव्य

Press-Statement-PMJi-GAstrectomy-Operation

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment