Comments Add Comment

अब जेठ १५ मा संविधान बन्दैन : प्रचण्ड

सलमान खान

५ वैशाख, भैरहवा । आगामी जेठ १५ मा संविधान निर्माण नहुने एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
नवलपरासी एक कार्यक्रममा सहभागी हुन आएका प्रचण्डले भैरहवा गौतमबुद्ध विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता पक्षका कारण जेठ १५ संविधान निर्माण नहुने बताएका हुन् ।
Prachanda  (10)
आफुहरुले आन्दोलन स्थगित गरेर सहमतिको प्रत्यन गरिरहे पनि सत्तारुढ दलहरुले सत्ताको लोभमा सहमति गर्न नखोजेको आरोप लगाए ।

नेपाली कंग्रेसको महाअधिवेशन नजिकिँदै गरेको कारण कांग्रेसले अधिवेशन अघि संविधान निर्माण गर्ने कि अधिवेशनपछि संविधान निर्माण गर्नेबारे कांग्रेस अलमलमा परेको प्रचण्डको आरोप छ ।

प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई पुरानै स्थान लान खोजेको बताउँदै ३० दलीय मोर्चामा विवाद उत्पन्न हुँदासमेत आफुहरुले पटकपटक सरकारलाई संविधान निर्माणका लागि वार्तामा आउन आग्रह गरे पनि सरकारले चासो नदेखाएको गुनासो गरे ।

सबैभन्दा बढी विवादित विषय राज्य पुनः संरचना भए पनि सो विवाद समाधान गर्न नसकिने आफुहरुलाई नलागेको प्रचण्डले बताए । उनले अहिले संविधानसभाको वैठक बोलाउने र प्रत्यक पटक कुनै संविधान सभा सदस्य वा पूर्वमन्त्रीको निधनका कारण संविधानसभा बैठक स्थगित हुनुलाई बिचित्रताको संज्ञा दिएका छन् ।

सत्ता पक्षले सत्तामा कसरी टिकी राख्ने र सत्ताको स्वार्थ सत्तारुढ दल लागेको कारण संविधान निर्माणमा कठिनाइ आएको उनले आरोप लगाए ।

उता, शनिवार नै नवलपरासीको डण्डामा क्रान्तिकारी पत्रकार संघको पत्रकार भेटघाटमा एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले केही दिन भित्रै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । सहमतीकै लागि आफ्नो नेतृत्वमा रहेको मोर्चाले आन्दोलनका कार्यक्रम स्थगित गरेको भन्दै सहमति नजिक पुगिएको उल्लेख गरे ।

प्रचण्डले शनिबार नै नवलपरासीको डण्डामा पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणपपछि नवलपरासीको कावासोती नगरपालिका १५ त्रिभुवनटारमा रहेको नवलपुर बहुमुखी क्याम्पसका नवनिर्मित भएको पनि उद्घाटन गरेकाे रामकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment