Comments Add Comment

जाजरकोटका २५ प्रतिशत विरामीमा मात्र फ्लू : सरकार

५ वैशाख, काठमाडौं । सरकारले जाजरकोटमा फैलिएको महामारीमा विरामी भएका मध्ये ७५ प्रतिशतमा फ्लू नभएको दाबी गरेको छ ।

Secretary-Shanta-Bahadur-Shresthaस्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जाजरकोटमा ३ हजारको स्वास्थ्य परिक्षण गरिएकोमा २५ प्रतिशतमा फ्लु देखिएको बताए । जसमा करिब सात प्रतिशतमा स्वाइन फ्लूको जिवाणु भेटिएको छ ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा स्वास्थ्य सचिव श्रेष्ठले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको निकट पुगेको दाबी समेत गरेका छन् ।

जाजरकोटसँग सीमा जोडिएका अन्य जिल्लामा फैलन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर ६ वटा विशेष टोली छ जिल्लामा समेत परिचालन गरिसकेको बताए ।

मुख्यसचिव नेतृत्वको समितिले तत्कालिन उपचार र दिर्घकालमा समस्या आउन नदिने उपायको खोजी गरिरहेको भन्दै उनले जाजरकोटको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई अपग्रेट गर्ने तयारीमा रहेको बताए ।

जाजरकोटमा ९० प्रतिशत दरवन्दीमा स्वास्थ्यकर्मी रहेको र काजमा सुगम पठाउने ब्यवस्थाको अन्त्य भइसकेको जानकारी दिँदै स्वास्थ्य सेवालाई जनशक्ति यूक्त बनाउन आगामस् छ महिना भित्र ७ हजार दरवन्दी थप्ने गरी काम भइरहेको बताए ।

इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जाजरकोटमा फैलिएको महामारी रोक्न विशेषज्ञहरुसहितको टोली सक्रिय रहेको र नयाँ नयाँ टोली पनि जाने तयारीमा रहेको बताए ।

चिसो मौसमको कारण भाइरललाई नै साथ दिएको, जाजरकोटको जटिल भुवनौट, गरिवी, अत्याधिक धुम्रपान र दाउराको आगोमा खाना पकाउने जस्ता कारणले रोग विकराल रुपमा देखिएको उनले बताए । उनले भने-‘गाँउमा युवा छैनन् । बुढा बुढी छन् । विरामी भए अस्पताल आउन सक्दैन । त्यसैले पनि भयावह देखिन्छ ।’

एमाओवादीका सभासद शक्तिबहादुर बस्नेतले उपचार केन्द्र राखेको स्थानमा मात्र रोगको प्रकोप घट्न थालेको बताए । जिल्लाभर महामारी फैलने सम्भावना बढेकोले भन्दै उनले राज्यले थप सक्रियता देखाउनु पर्नेमा जोड दिए ।

कांग्रेसका सभासद राजिब विक्रम शाहले सरकारलाई जाजरकोटको विकट भुगोलको विषयमा आवश्यक जानकारी नभएकोले तत्काल उपचार पुर्याउन ढिलाई भएको बताए ।

डा. सुन्दरमणी दिक्षितले रोग फैलनुमा कसैको दोष नभएपनि रोग फैलिएको सूचनापछि सरकारले कति समयमा रेस्पोन्स गर्यो भन्ने कुरा महत्वपूर्ण हुने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment