Comments Add Comment

बैंकमा आत्मघाती बम आक्रमण, २२ को हत्या

५ वैशाख, अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालावाद सहरमा रहेको एक बैंकमा शनिबार गराइएको आत्मघाती बममा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ ।

मारिनेहरुमा अधिकांश सरकारी कर्मचारी छन् । विस्फोटमा परी अरु ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । ती मध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

बैंकमा सरकारी कर्मचारीले मासिक तलब लिनका लागि जम्मा भइरहेको समयमा हमला भएको छ । नान्गार प्रान्तका प्रन्तीय प्रहरी प्रमुख फजाल अहमद सिरजादले समाचारको पुष्टि गरेका छन् । मारिनेको सङ्ख्या अझ बढ्नसक्ने प्रहरीको अनुमान छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment