Comments Add Comment

श्रीकृष्णलाई सम्झिँदै दुबईमा ‘कोहिनूर’प्रदर्शन

srikrishna-kohinoor-dubaiदुबई । युनाईटेड अरब इमिरेट्स (यूएई)को दुवईमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झिँदै नेपाली चलचित्र ‘कोहिनूर’ प्रदर्शन गरिएको छ । चलचित्र रिलिज हुँदै गर्दा नायक तथा निर्माता श्रेष्ठको निधनपछि कोहिनूरले उल्लेख्य बजार पाएको थियो ।

विदेशमा रहेका नेपाली दर्शकहरुका लागि भन्दै दुवई लगिएको यो सिनेमा हेर्न नेपाली दर्शकहरुको भिँड लागेको छ । दुबईको गोल्डेन सिनेमा हलमा गरिएको पहिलो शोमा दर्शकहरुको खचाखच भिड भएकोले पूरा समय देखाउन नसकिएको निर्माण पक्षले जनाएको छ ।

डिजिटल प्रविधिबाट बनेका चलचित्रमा पहिलो पटक दुबईमा प्रदर्शन गरिएको हो । चलचित्र प्रदर्शनको क्रममा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम दर्शकको भीडका कारण मध्यान्तरमा मात्र गर्नु परेको आयोजकले बताएका छन् ।

अतिथि कलाकार निर्माता निर्देशक दीपक खाँडले संचालन गरेका थिए । निधिको आतिथ्यमा यूएईका लागि कोहिनूर चलचित्रका आधिकारिक वितरक सालिक सुबेदीको सभापतित्वमा भएको थियो । स्वर्गीय नायकश्रीकृष्ण श्रेष्ठलाई तस्बिरमा माल्यार्पण एवम् उनको सम्झनामा मौनधारण गरेर श्रद्धाञ्जली अर्पण गर्दै औपचारिक कार्यक्रम गरिएको थियो ।

सभापतित्वको आशनबाट बोल्दै वितरक सालिक सुबेदीले कोहिनूर चलचित्रको सफलतासँंगै आगामी दिनमा क्रमशः नेपाली चलचित्र यूएईमा ल्याउने प्रतिबद्धता गरेका छन । आधिकारिक वितरक एभरेष्ट इन्टरनेसनल कन्सल्टेनसीका प्रोपाइटर सालिक सुवेदीे रहेको थिए भने चलचित्रको प्रदर्शन ब्यबस्थापनको जिम्मा ग्लोबल बि्रज कन्सल्टेन्टका प्रोपाइटर ज्ञानेन्द्र बहादुर कार्कीले लिएका थिए ।

अष्ट्रेलिया, मलेसिया, अमेरिका द कोरिया लगायतका देशमा प्रदर्शन गरिसके दुबईमा चलचित्र प्रदर्शनी भएको हो । चलचित्र हेर्नु अघि दर्शकले श्रीकृष्णको तस्विरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment