Comments Add Comment

हिम्मत भए कांग्रेस-एमालेले बहुमतको संविधान बनाउन् : एमाओवादी प्रवक्ता

५ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले सत्तारुढ कांग्रेस एमालेलाई बहुमतको आधारमा संविधान बनाउन चुनौति दिएका छन् ।

dinanath sharmaपार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा कोटेश्वरमा शनिवार आयोजित नियमित पत्रकार भेटघाटमा उनले भने-‘ सहमतिमा संविधान हुनुपर्छ, बहुमतका आधारमा संविधान बनाउन कांग्रेस एमालेको हिम्मत भए बनाए हुन्छ ।’

उनले बहुमतका आधारमा संविधान बनाए आफूहरु पनि आन्दोलनमा जाने बताए । उनले भने-‘माओवादीले संविधान बनाउन दिएन भन्ने अनि संविधानसभाबाट संविधान जारी गर्न आलटाल गर्ने ?’

आफूलाई बहुमत भएको ठूला भन्ने दलहरुले नै निकास दिनुपर्ने भन्दै उनले संविधान सभालाई अड्काई रहेर आन्दोलनका उपलब्धी गुम्ने खेल त सुरु भएको होइन भन्ने आशंका पैदा भएको बताए ।

एमाओवादी प्रवक्ता शर्माले वर्तमान सरकार जनताका स्वास्थ्यमा गम्भीर नभएको आरोप समेत लगाएका छन् ।

सुदूर पश्चिमका जनतामा जहिले पनि उपेक्षा भएको भन्दै उनले आफूहरुले जाति, क्षेत्र, लिङ्गको अधिकार सुनिश्चित हुने संघीयता सहितको संविधानमा जोड दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment