Comments Add Comment

ठेकेदार कम्पनी भागेपछि सडक निर्माण कार्य अलपत्र

sadak५ वैशाख, विराटनगर । ठेकेदार कम्पनी नै भागेपछि भारत सरकारद्वारा निर्माण गरिदिने भनिएको झापा, मोरङ र सप्तरीका तीन वटा सडक निर्माणको काम अलपत्र परेका छन् ।

पूर्व-पश्चिम राजमार्गदेखि हुलाकी मार्गसम्म जोडने झापाको चारआली-केचना, मोरङ्गको कानेपोखरी-रंगेली किलोमिटर र सप्तरीको कल्याणपुर-सुवर्ण पट्टी सडक ठेकेदार कम्पनी भागेपछि निर्माणको काम अलपत्र परेको हो ।

चारआली-केचना ४० किलोमिटर, कानेपोखरी रंगेली २५ किलोमिटर र कल्याणपुर सुवर्णपट्टी सडक १७ किलो मिटर रहेका छन् । हुलाकी राजमार्ग आयोजना योजना कार्यालय ईटहरीका प्रमुख कमलदेवप्रसाद साहका अनुसार ठेकदार कम्पनी जीभीआर इन्फा प्रोजेक्टर लिमिटेड चेन्नई भागेपछि सडकको काम अलपत्र परेको हो ।

हुलाकी राजमार्ग आयोजना कार्यालयका अनुसार तीन वटा सडक सन् २०११ मा ९४ करोड, २७ लाखमा भारतीय ठेकेदारले जिभिआर इन्फा पोजेक्टरस लिमिटेड चेन्नाईले ठेक्का प्राप्त गरेको थियो । २०११ मा काम सुरु गरी दुई वर्ष भित्र सक्ने गरी ती सडक निर्माणको सम्झौता भएको थियो ।

तर हालसम्म झापाको चारआली-केचना र सप्तरीको कल्याणपुर सुवर्णपट्टीको काम शुरु समेत हुन नसकेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मोरङ्गको कानेपोखरी-रंगेली सडकको काम पनि १० प्रतिशत मात्र पुरा भएको छ ।

सडकको स्तरउन्नति भई राम्रो सडक निर्माण हुने आशा भए पनि कामवीचमै छाडेर ठेकेदार भागेपछि निर्माण कार्य अलपत्र परेको बयरवनका स्थानीय भरत कार्कीले बताए । उनका अनुसार सडक विस्तारका लागि स्थानीयको जग्गा अतिक्रमण गर्ने काम भएको छ तर सडकलाई पूर्णता दिने काम भने रोकिएको छ । भारतको सहयोगमा बन्न लागेको हुलाकी राजमार्गअन्तर्गतको ६ प्याकेजका यी सडक पनि पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment