Comments Add Comment

नेपालको पर्यटन प्रबर्द्धन गर्न सिकागोमा पर्यटन महोत्सव

chicago-riverसिकागो । नेपालको पर्यटन प्रबर्द्धनका लागि दुर्इ दिने पर्यटन महोत्सव गरिने भएको छ । सधै आफ्नो पहिचान र अधिकारको लागि काम गर्दै आएका नेपाली समुदायले नेपालको पर्यटन प्रबर्द्धनका लागि पर्यटन महोत्सव मनाउने भएका छन् ।

नेपालमा पर्यटकको संख्यामा अभिवृद्धि गरेर आर्थिक सम्पन्नता प्रदान गर्ने उद्देश्यले आयोजना हुने सो कार्यक्रम यसपटक सांस्कृतिक, पर्यटकीय र  अमेरिकाको सबै भन्दा सुन्दर ब्यवस्थित एतिहासिक शहर सिकागोमा गरिने भएको हो ।

नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा प्रवासी नेपाली मंच अमेरिकाको आयोजनामा जुन ६ र ७ तारिख अर्थात जेष्ठ २४ र २५ गते गर्न लागिएको हो । नेपालका  पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले महोत्सवको उद्घाटन गर्नेछन् ।

सिकागो एरियामा बसोबास गर्ने नेपाली समुदायको ठूलो संख्याको  उपस्थितिमा दुर्इ दिन सम्म चल्ने महोत्सवमा नेपाली पहिचान दिने परम्परागत  पञ्चे बाजाको साथमा  नेपाली झन्डा बोकेर नेपाली टोपीमा सिकागोको मुख्य बजार क्षेत्रमा र्र्याली निकालिने छ ।

र्रयालीमा नेपालका पर्यटकीय स्थलको चिनारी  भएका ब्यानर पोस्टर र विभिन्न जातजातिका पोशाक संस्कृति झल्कने झाँकीहरु प्रदर्शन  हुनेछन् ।

र्याली पश्चात अमेरिकन र अन्य देशका सहभागीहरुबीच नेपालमा पर्यटकको लागि मन्त्रमुग्ध पार्ने दृश्यहरुको भिडियो स्लाइड सो र कार्यपत्र प्रस्तुत हुनेछ ।

त्यसैगरि महोत्सवलार्इ बढी प्रभाबकारी बनाउन साहित्यिक  कार्यक्रममा कविता, गजल प्रतियोगितात्मक हुने र साँझ नेपालका लोकप्रिय कलाकारहरुले सांगीतिक कोशेली पस्कने कार्यक्रम रहेको छ ।

दोस्रो दिन प्रवासी नेपाली मंचको दोस्रो साधारणसभा पनि गरिने भएकोले कार्यक्रममा प्रवासी नेपाली मंचका अमेरिकाभरिका कार्यकर्ता सिकागोमा जम्मा हुने भएका छन् ।

उपरोक्त सबै कार्यक्रमलार्इ भब्य र प्रभावकारी बनाउन प्रवासी नेपाली मंचको भर्खरै सम्पन्न  न्युहम्सारको बिस्तारित बैठकले मंचका प्रथम उपाध्यक्ष बाला घिमिरे संयोजक, मध्यपश्चिम क्षेत्रका पूर्व अध्यक्ष तथा हालका क्षेत्रीय इन्चार्ज प्रीतिसागर खत्री सहसंयोजक र मध्यपश्चिम क्षेत्रका अध्यक्ष टेकराज पौडेललार्इ सदस्य सचिबको जिम्मेवारी दिइएको  मंचका अध्यक्ष संजय थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment