Comments Add Comment

बारामा फेरि पाँच बर्षका बालकको हत्या

Bara-ma-hatya-1

सुभाषप्रसाद साह

५ वैशाख, बारा । बारामा पाँच वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।  करैया गाबिस ७ बजनी निवासी बच्चु यादवका ५ बर्षीय छोरा निवेशको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

निवेश शुक्रबार साँझ पाँच बजे खेल्न हिँडेका थिए । राति अबेरसम्म घर नफर्केपछि उनका बुबा बच्चु यादवले खोजविन शुरु गरेका थिए ।

त्यसक्रममा घर नजिकैकोे मकैबारीमा उनको शव फेला परेको छ । मृतक यादवकोे टाउकोमा गम्भीर चोट लागेको छ । मृतक बालकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको छ ।

प्रहरीले गाउँलेहरुको सहयोगमा हत्याका अभियुक्तलाई पक्राउ गरेको छ । भारतको बिहारस्थित इनार्वा बस्ने ४० बषर्ीय टुनटुन महत्तोलाई स्थानीयहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।

विगत केही दिनदेखि गाउँमा ओहोर दोहोर गरिरहेका महतोले नै बालकको हत्या गरेको भन्दै गाउँलेले उनलाई कुटपिट समेत गरेका थिए । मकैबारीमा घुमिराख्ने महतो हत्या पश्चात नजिकैको ईटा भट्टामा रक्सीले मातिएर सुतिरहेको अवस्थामा गाउँलेले समातेका थिए ।

पक्राउ परेको महतो स्थानीय ईटाभट्टा उद्योगमा काम गर्ने मजदुर भएको बताइएको छ ।

गृहमन्त्री गौतमको राजीनामा मागियो

Bara-ma-hatya-4

यसैवीच हत्या गरिएका बालकको शवसहित कलैयामा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरुले शान्ति सुरक्षा दिन नसक्ने भन्दै गृहमन्त्री वामदेव गौतमको राजीनामा माग गरेका छन् ।

साथै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी र प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ललाई कारवाहीको मा गरेकाम छन्

कलैया अस्पतालबाट बालकको शव लिएका उनीहरुले कलैया नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी प्रर्दशन गरेका छन् । स्थानीइहरुको प्रदर्शनको कारण यातायात अवरुद्ध भएको छ ।

कालबार बन्न थाल्यो शुक्रबार

केही समययता सदरमुकाम कलैयासहित बारा जिल्लाका विभिन्न ठाउँमा बालबालिकाको अपहरण, बलात्कार र हत्याका श्रृखंला बढेको छ ।

सबै घटनाहरुको एउटा संयोग छ, घटनाहरु प्रायः शुक्रबार साँझ नै हुने गरेको देखिएको छ । एकै दिन एकै प्रकृतिले हुने घटनाहरुले स्थानीय प्रशासनलाई ठूलो ‘चुनौती दिएको छ ।

Bara-ma-hatya

‘घटनालाई प्रिप्लानका रुपमा घटाइएको घटनाका रुपमा पनि हामीले नियालिरहेका छौ’ प्रहरी उपरीक्षक मल्लले भने- ‘तर एकपछि अर्को घटनाले समस्या झन बढाइरहेको छ ।’

यस अघिका पूजा साह, आशीष गुप्ता, कञ्चन ठाकुर, रियाकुमारी साहलगायतका हत्याका घटनासमेत शुक्रबार नै भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment