Comments Add Comment

नदीमा डुबेर तीन किशोरको मृत्यु

निमु संगम

५ वैशाख, घोराही । दाङमा नदीमा डुवेर शनिवार तीन जनाको मृत्यु भएको छ । शितलपुरको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको हो भने अर्का एक जनाको राप्ती नदीमा डुबेर मृत्यु भएको हो । रुकुम र सल्यानका दुई युवा तुलसीपुरबाट बबई नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा नदीमा डुबेर उनीहरूकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा रुकुम खलंगा घर भई हाल तुलसीपुरमा बसेर पढ्दै आएका १७ बर्षीय मन्जीत गौतम र सल्यान घर भएका १८ बर्षीय भरत चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मृतक चन्द तुलसीपुरको ज्ञानज्योती स्कुल र गौतम दाङ भ्याली कलेजमा अध्ययनरत थिए । मृतकहरुका बारेमा थप जानकारी आउन बाँकी रहेको र अभिभाबकहरुलाई खबर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।

तुलसीपुर अमेलिया सडक खण्डको शितलपुर पुलदेखि केहीमाथि नुहाउन नदीमा पसेका उनीहरु डुबेको र आधा घण्टापछि शब भेटिएको थियो ।

उता देउखुरीको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु भएको छ । देउखुरी लालमटिया ४ का १२ वर्षीय कमल पौडेलको राप्ती नदीमा नुहाउने क्रममा डुबेर मृत्युभएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment