Comments Add Comment

१८ वर्षअघि भत्काइएको हिन्दु मन्दिर फेरि बनाउन अदालतको आदेश

hindus-in-Pakistan

५ वैशाख, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले १८ वर्ष पहिले भत्काइएको हिन्दु मन्दिर फेरि बनाउन आदेश दिएको छ ।

प्रेस ट्रस्ट अफ इण्डियाका अनुुसार करक जिल्लाको टेरी गाउँमा भत्काइएको मन्दिर फेरि बनाउन अदालतले खैबर पख्तुनख्वा सरकारलाई आदेश दिएको हो ।

हिन्दु सन्त परमहंस जी महाराजको समाधिमा बनाइएको मन्दिरलाई कट्टरपन्थीहरुले १९९७ मा तोडफोड गर्नुका साथै कुनै पनि मन्दिर बनाउन रोक लगाएका थिए ।

सांसद एवं पाकिस्तानी हिन्दु परिषद्का संरक्षक रमेशकुमार वंकवानीले भत्काइएको सहितका हिन्दु मन्दिरहरु संरक्षणको माग गर्दै अदालत गएका थिए । राज्यको मुख्य सचिव, प्रहरी प्रमुख र स्थानीय कमिश्नले जुन हिन्दुको नाममा उक्त मन्दिर थियो, उनीहरुले इस्लाम स्वीकार गरेको बताएको वंकवानीको दावी थियो । 

डन न्यूनका अनुसार पाकिस्तानका अतिरिक्त महाधिवक्ता जनरल वकार अहमदले दुई न्यायाधीशको इजलासमा सबैलाई स्वीकार्य हुने समाधान दिन आग्रह गरेका थिए ।

परमहंस जी महाराजको सन् १९१९ मा मृत्यु भएको थियो र उनको समाधिमा नै मन्दिर बनाइएको थियो । मन्दिरमा ठूलो संख्यामा मानिसहरु जान्थे ।

तर, १९९७ मा मन्दिरमा तोडफोड भयो । एक स्थानीय धार्मिक नेताले उक्त स्थान कब्जा गरे । परमहंसका भक्तहरुले मन्दिर बनाउनृे प्रयास गर्दा रोक लगाइयो ।  सिन्धका हिन्दुहरुले वार्ताबाट समाधान खोजे र ३ लाख ७५ हजार उक्त धार्मिक नेतालाई दिइयो । तर, पैसा लिएर पनि उनले जमिन छोड्न मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment