Comments Add Comment

आमालाई जेएमईको सम्मान

५ वैशाख काठमाडौं । विगत ५ बर्षदेखि जापानबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको जापान मनि एक्प्रेस -जेएमई)ले आफ्ना सेवाग्राहीलाई थप सुविधा तथा जन्मदिने आमा लाई सम्मान स्वरुप यो सुविधा आमाको मुख हेर्नेदिन १८ अपि्रलको दिन निसुल्क सेवा दिने भएको छ ।

स्थापनाको छोटो समयमै विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल जेएमईले पछिल्लो समय आफ्नो सेवा विस्तारलाई तिब्रता दिएको छ । जेएमईका अध्यक्ष ओम गुरुङका अनुसार जेएमईले मातातिर्थ औंसीका दिन जन्म दिने आमालाई सम्मान गर्दै यो सेवा दिन लागीएको हो । गुरुङ भन्छन-‘सेवाग्राहीलाई थप सहजताका लागि हामीले अन्य धेरै सुविधा पनि थप गरेका छौ ।’

विश्वका विभिन्न मुलुकबाट जेएमईमार्फत आएको रेमिट्यान्स र मुलुक भित्रै पनि जेएमईमार्फत पठाएको रकम यसका मुलुकभर रहेका १५ सयभन्दा बढी एजेण्ट, वैक अफ काठमाडौ, सिटिजन्स बैंक, मेगा बैंक, कुमारी बैंक, नविल बैंक, त्रिवेणी विकास बैंक, यती डेभलप्मेण्ट बैंक, भृकुटी विकास बैंक, साइन रेसुङ्गा डेभलप्मेण्ट बैंक तथा जेएमईले रेमिट्यान्स सम्झौता गरेका अन्य विभिन्न वित्तिय संस्थाका मुलुकभर रहेका शाखाबाट भुक्तानी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment