Comments Add Comment

एएफसी यू–१४ महिला फुटबल सोमबारदेखि हुने

५ वैशाख, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको ‘एएफसी यू–१४ महिला क्षेत्रीय च्याम्पियनसीप २०१५’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

‘हामीले प्रतियोगिता सुचारुरुपले सन्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छौं’ शनिबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव धिरेन्द्र प्रधानले भने ।

सोमबारदेखि सुरु हुने प्रतियोगितामा दक्षिण तथा मध्य एसियाका सात राष्ट्रका टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । यसमा समूह ‘ए’मा आयोजक नेपालसहित इरान, माल्दिभ्स र श्रीलङ्का छन् भने समूह ‘बी’ मा भारत, भुटान र बङ्गलादेश रहेका छन् ।

राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा दुवै समूहबाट विजेता र उपविजेता भएका चार टोलीले सेमिफाइनलको स्थान सुरक्षित गर्नेछन् र सेमिफाइनलका दुई विजेताबीच बैशाख १२ गते फाइनल भिडन्त हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र लगनखेलमा रहेको नेपाली सेनाको सैनिक शारीरिक केन्द्रको खेल मैदानमा प्रतियोगिताका खेल हुनेछन् । उद्घाटन खेल बैशाख ७ गते दिनको १ बजे दशरथ रंगशालामा नेपाल र इरानबीच हुनेछ ।

प्रतियोगितामा सहभागी हुने अधिकांश टोली शनिबार नेपाल आइपुग्ने तथा बङ्गलादेशको टोली भोलि आउँने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

खेल हेर्नका लागि एन्फाले साधारणतर्फ रु ५० तथा विशिष्ट प्यारापिटमा रु १०० टिकट दर तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment